२५ वर्ष पछि कान्छी लिएर आए भीमसेन ( गीत )

फिल्मी फण्डा । २५ वर्षपछि पुन गायन क्षेत्रमा फर्किएका भिमसेन लामा लामो समयपछि साङ्गीतिक क्षेत्रमा फर्केका छन् । उनैको स्वरमा नयाँ गीत ‘हे कान्छी…’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरेका हुन् । मङ्गलवार नेपालको पहिलो टेम्पो चालक, व्यवसायी तथा साहित्यक व्यक्तित्व लक्ष्मी शर्माको प्रमुख आतिथ्यतामा ‘हे कान्छी…’ सार्वजनिक गरिएको हो ।
गीतमा विकाश सिल्वालको शब्द र सङ्गीत, जय पाण्डेकको निर्देशन, विकाश भुजेलको एरेञ्ज, र दिनेशजंग राणाको सम्पादन रहेको छ । भिडियोमा पूर्णिमा लामा, दोर्जे लामा र एलीना गुरुङलाई फिचरिङ गरिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस