फिल्म ’कहिँ कतै’ को पोष्टर सार्वजनिक

फिल्मी फण्डा । फिल्म ’कहिँ कतै’ को पोष्टर सार्वजनिक भएको छ । आँउदो श्रावण २५ गतेबाट अल नेपाल रिलीज हुने उक्त फिल्मको प्रचार साम्रगी स्वरुप उक्त पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा फिल्मका लिड कलाकारहरुलाई देख्न सकिन्छ । फिल्मको गीतमा सचिन सिंहको संगीत, थुप्देन भूटिया र मेलिना राईको स्वर र मनोज राजको शब्द रहेको छ भने कमल राईको कोरियोग्राफी रहेको छ ।
फिल्मलाई शबिर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् भने फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्ममा डेब्यू कलाकार शिवानी गिरी र सोनम बरफुङ्गपाको साथमा दिलीप रायमाझी, किशोर खतिवडा, निर्मात्री तथा कलाकार उमा ’बेबी’ गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस