सुख दुखमासँगै बाच्ने चाहा व्यक्त गर्दै आर्यन र साम्रज्ञी गीत

फिल्मी फण्डा । यहि श्रावण १८ गते बाट देशभर रिलिज हुने फिल्म कायराको गीत सुखमा तिमीसँगै हाँसु सार्वजनिक भएको छ । गीतमा साम्रज्ञी र आर्यनलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट उक्त गीत सार्वजनिक गरेका हुन् ।
गीतमा कोशिष क्षेत्रीको शब्द संगीत, केतन क्षेत्री स्वर र प्रविन सिहंको कोरियोग्राफी रहेको छ । लबस्टोरी जनराको उक्त फिल्ममा निर्देशक लक्ष्मण रिजालको निर्देशन , शिवराम श्रेष्ठको छाँयाङ्कन र बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मका निर्माता निर्देशक लक्ष्मण रिजाल आफै हुन् भने दिनेश थापा र दिवश पराजुली फिल्मका सह निर्माता हुन् ।
आर्यन सिग्देल र आर एण्ड आरको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा साम्रज्ञी राज्य लक्ष्मी शाह, आर्यन सिग्देल, शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस