गाढा र टाढा माया लगाउने सुरमा रेखा थापा ( गीत )

फिल्मी फण्डा । फिल्म मालिकाको गीत सार्वजनिक भएको छ । हल्का माया के माया बोलको गीतमा कोरससँग रेखा थापाले कम्मर मर्काएकी छिन् । फिल्म युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा सुरेश अधिकारीको सङ्गीत, नर बहादुर कार्कीको शब्द र अञ्जु पन्तको स्वर रहेको छ ।
करिब सय भन्दा बढी कोरस रहेको उक्त गीतको भिडीयोलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् । फिल्मको कार्यकारी निर्माता नर कार्की हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा रहेकी छिन् । लक्ष्मी पूजाको छेको पारी आउने तयारी रहेको यस फिल्ममा अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको छ । फिल्ममा शिवम अधिकारीको लेखन तथा पटकथा र रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस