आँचललाई पाउन पैसा खुवाएर निवेदन लेखाउँदै यी दुई केटा ( गीत )

फिल्मी फण्डा । नायिका आँचल शर्माको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतामा गुणराज श्रेष्ठको स्वर, बि. पाण्डेको शब्द, सुवास भुषालको संगीत, र दयराज पौडेलको एरेन्ज रहेको छ । विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको फिचर्ड छन् ।
भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको भिडीयोमा दुई व्यापारी युवाहरु नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । आँचललाई मिलाईदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाईलो दृश्य पनि भिडियोमा देख्न पाईन्छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस