सलमान र आमिरको फिल्म भन्दा अगाडी ‘सञ्जु’

फिल्मी फण्डा । बलिउडको बक्स अफिसमा सलमान खान र आमिर खानको फिल्मले नयाँ रेकर्डहरु राख्ने गर्छन् । तर यतिखेर सञ्जय दत्त अभिनित फिल्म सञ्जुले नयाँ रेकर्ड कायम गरिएको छ । बलिउड फिल्म ‘सञ्जु’ले अर्को रेकर्ड राखेको हो। सञ्जुले एक हप्तामा २०० करोड कमाउने सलमान खानका फिल्महरुभन्दा बढि बक्स अफिस कलेश्कन गरेको बताईएको छ ।
सलमानका फिल्म ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ ले प्रदर्शनको पहिलो हप्तामा २०० करोड कमाएको थियो। क्रिसमसमा प्रदर्शन भएको फिल्म दंगलले १९३।५३ कमाएको थियो भने इदमा प्रदर्शन भएको बजरंगी भाइजानले १८४।६२ कमाएको थियो। सञ्जु विदामा नभइ शुक्रबार प्रदर्शनमा आएको थियो। तर फिल्मले २०२ करोड भन्दा बढि कमाइसकको भारतीय मिडियाले जनाएको छ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस