सारा, सलोन र विनोदको रोयल लुक्स ‘हुकुम बक्सियोस्’ मा

फिल्मी फण्डा । फिल्म सुश्री सम्पत्तिको पहिलो गीत हुकुम बक्सियोस् सार्वजनिक भएको छ । फिल्म युनिटले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरेका हुन् । गीतको भिडीयोमा सारा, सलोेन र विनोदलाई फिचर्ड गरिएको छ ।
गीतमा मेलिना राई र विशाल राईको स्वर, राजन इशान को एरेञ्ज र गम्भिर विष्टको कोरियोग्राफी रहेको छ । सुव्रत आचार्यको निर्देशन रहेको फिल्ममा रमेश त्वयाना, विज्ञान राई, नुनाम सब्बा र रमन शिखरको संयुक्त लगानी रहेको छ। भदौ २२ मा रिलिज हुने उक्त फिल्ममा शिवराम श्रेष्ठको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस