फिल्मको बहानामा विदेश घुमियो : आशिरमान

फिल्मी फण्डा । सोमवार साँझ फिल्म द ब्रेक अप युनिटले फिल्मको ईण्ड क्ल्याप पार्टि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा फिल्मकर्मी र संचाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा फिल्मको छायाँकन सकिएको औपचारिक जानकारी दिनुका साथै फिल्मको वारेमा पनि जानकारी गराईएको थियो । उक्त कार्यक्रममा फिल्मका निर्माताबाट सहमतिमै हटेका भनिएका रोहित अधिकारी भने उपस्थित थिएनन् । निर्देशक हेमराज बिसीले आपसी समझदारी र मनमुटावले फिल्मबाट हटेको मात्रै हो अन्य कुनै विवाद नरहेको दावी समेत गरेका थिए ।
यस्तै कार्यक्रममा फिल्म र सुटिङको अनुभव सुनाउने क्रममा आशिरमान देशराज श्रेष्ठ जोशीले अनौंथो उत्तर दिएका छन् । उनले विदेशमा फिल्म सुटिङ हुँदाको अनुभव कस्तो रह्यो भने संचारकर्मीको प्रश्नमा हाँस्दै सुटिङ त एउटा बहाना मात्र भएको आशय दिएका थिए । उनले सुटिङको नाममा विदेश घुम्न पाएको बताए । फिल्मको लागि भनेर अष्ट्रेलिया घुम्न पाएको उनले बताएका हुन् । पछि यसलाई मिलाउन खोज्दै सुटिङको क्रममा नयाँ नयाँ ठाउँमा घुम्न पाएको उनले बताएका हुन् ।
पहिलो फिल्मबाट आशा गरिएपनि त्यो आशालाई आशिरमानले पुरा गर्न सकिएको छैन । फिल्मा ग्याङगस्टार ब्लुज व्यवासायिक रुपपमा असफल भएपछि आशिरमान नेपाली फिल्म क्षेत्रमा कस्तो स्थानमा रहने भने कुनै टुङ्गो लागेको छैन । यस्तो बेला फिल्मको बहानामा विदेश घुम्न रुचाउने आशिरमानले दर्शकको आशालाई कसरी पुरा गर्ने हो पौष २७ गते सम्म फिल्म द ब्रेक अपलाई कुर्नै पर्ने हुन्छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस