अनमोलको क्याप्टेन लुक्स कतिको प्रभावकारी

फिल्मी फण्डा । पछिल्लो समयका स्टार अनमोल केसी अभिनित फिल्म क्याप्टेनको फष्टलुक्स सार्वजनिक गरिएको छ । अनमोल अभिनित क्याप्टेनको फष्टलुक्स पोष्टर स्वरुप सार्वजनिक गरिएको सामाग्री कतिको प्रभावकारी छ त्यो पोष्टर हेरेर थाहा हुन्छ । फुटबल खेलाडीको रुपमा अनमोललाई पोष्टरमा प्रस्तुत गरिएको छ । अनमोलको आफ्नै होम प्रोडक्शनमा निर्माण गरिएको फिल्म क्याप्टेनमा उनी खेलाडी र त्यसमा पनि क्याप्टेन को रुपमा देखिएका छन् ।
भुवन केसी निर्माता रहेको फिल्मका निर्देशक दिवाकर भटट्राई हुन् । प्रशान्त ताम्राकार फिल्ममा अनमोलको अपोजिटमा देखिएका छन् । फिल्मको सार्वजनिक पोष्टरमा अनमोलको खुट्टाले बललाई किक दिईरहेको देखिन्छ भने अनमोलको लुक्स बलतिर नभई अगाडी अर्थात क्यामराको लेन्स तिर रहेको देखिन्छ । फिल्म तिहारमा रिलिज आउने अनौपचारिका घोषणामा रहेपनि पोष्टरमा डेट भने सार्वजनिक गरिएको देखिदैन । यस अर्थमा क्याप्टेन रिलिजको कुनै टुङ्गो छैन । फिल्मको रिलिज डेट लक नभएको पोष्टरले बोलेको छ । अनमोल केसीका फ्यानहरु र नेपाली फिल्मलाई मन पराउनुहुने दर्शकहरुको लागि क्याप्टेन आशाको रुपमा रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस