यस्तो रह्यो फन्ने खांको बक्स अफिस रिपोर्ट

फिल्मी फण्डा । गत शुक्रबार बलिउडमा तीन फिल्म एकसाथ प्रर्दशनमा आएको छ । पहिलो अनिल कपुर र ऐश्वर्य रोय बच्चन स्टारर फिल्म फन्ने खां, ऋषि कपूर र तपसी पन्नु स्टारर मूल्क, र ईरफान खान स्टारर कारवां एकसाथ प्रर्दशनमा आएको हो ।
यी फिल्महरु मध्ये सबैभन्दा ठूलो आशा फिल्म फन्ने खां बाट थियो तर यसको पहिलो दिन बक्स अफिस संग्रह निकै नै निराशाजनक थियो। व्यापार विश्लेषक तरण आर्दशले आफ्नो ट्विटर एकाउन्टमा लेखे फिल्मले इन्डियामा पहिलो दिन २.१५ करोड रुपैयाँ कमाएको छ। भारतीय मिडीयाको अनुसार फिल्मको बजेट लगभग ३० करोड रुपैयाँ थियो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस