इटहरीमा भदौ ३ गतेबाट फिल्म मेकिङ्ग सम्बन्धि कार्यशाला हुँदै

फिल्मी फण्डा । यही युवापुस्तालाई मध्यनजर गरेर काठमाण्डौमा स्थापना भएको कान्तिपुर फिल्म एकेडेमीले पुर्वको इटहरीमा पनि फिल्म मेकिङ्ग सम्बन्धि बिशेष कार्यशाला चलाउने भएको छ । कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा इटहरीमा फिल्म मेकिङ्ग सम्बन्धि वर्कशप चलाईने भएको हो । फिल्म निर्माण सम्बन्धी शिक्षा दिने, सिनेमा साक्षरता बढाउने र नयाँ जागरुक फिल्म मेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले’ यो वर्कशपको आयोजना गरिएको एकेडेमिका संचालक प्रकाश पुरीले बताएका छन् ।
पहिलो पटक इटहरीमा हुन लागेको यो वर्कसप आउदो भाद्र ३ गतेबाट संचालन हुने भएको छ । यहि श्रावण २७ गतेदेखि सुरु भएको एक हप्ते बिर्तामोड भाद्र १ गते सकेर भाद्र ३ गतेदेखि ८ गते सम्म इटहरीमा फिल्म मेकिङ्ग वर्कशप संचालन हुने छ । उक्त वर्कशप साताको आइतबार देखि शुक्रबार सम्म ६ दिन संचालन हुने छ । फिल्म निर्माण सम्बन्धि प्राक्टिकल बिषयलाइ बिशेष ध्यानमा राखेर गरिने वर्कशप हरेक दिनको बिहान १० बजेदेखि साझ ५ बजे सम्म संचालन हुनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस