एक्शन बेच्दै ‘जय शम्भु, ‘मिस्टर भर्जिन’मा सेक्स कन्टेन्ट
मयाका कुरा ‘ब्ल्याक’मा
मयाका कुरा ‘ब्ल्याक’मा

फिल्मी फण्डा । आज शुक्रवारबाट तीन नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । फरक फरक विषयवस्तुका तीन फिल्महरु प्रदर्शनमा आउँदा पनि हल पाउन निकै मुस्किल देखिएको छ । काठमाडौं बाहिर अधिकांश हल नेपाली फिल्मले पाएपनि काठमाडौंमा मल्टिप्लेक्सहरुमा आंशिक शो मात्रै पाएका छन् । फिल्म जय शम्भुले काठमाडौं बाहिर ५७ वटा हल पाएका छन् भने काठमाडौंमा २१ वटा हल पाएका छन् ।
राजधानीका २१ हल भित्रका ८ मल्टिप्लेक्सहरुमा भने एक शो का दरले मात्रै जय शम्भुले पाएका छन् । वितरकले देशभर ८३ वटा हलमा फिल्म लागेको दावी गरिरहँदा ७८ वटा हलमा मात्र जय शमभु लागेको निर्माताले बताएका छन् । यस्तै फिल्म मिस्टर भर्जिनले काठमाडौं बाहिर ९ वटा हल पाएका छन् भने काठमाडौंमा १२ वटा हल पाएका छन् । राजधानीका १२ भित्रका ८ मल्टिप्लेक्सहरुले ए शो का दरले मात्रै दिएका छन् । यस्तै काठमाडौं बाहिर ३७ वटा हल पाएको फिल्म ब्ल्याकले राजधानीमा ११ वटा मात्रै हल पाएका छन् । राजधानीका ११ वटाहल भित्रका ५ वटा मल्टिप्लेक्सहरुले पनि एक शोको दरले मात्रै दिएका छन् ।
तीन नेपाली फिल्महरु एक साथ प्रदर्शन हुनु आफैमा कमजोरी हो त्यसमाथी बुधवार दुई हिन्दी फिल्म गोल्ड र सत्यमेव जयते रिलिजमा आएका हुन् भने विहीवार दुई अग्रेजी फिल्म अल्फा र ग्लोरी रिलिजमा आएका हुन् । फिल्म जय शम्भुले एक्शन लभस्टोरी बोलेको छ । नेपाली फिल्ममा फरक किसीमको एक्शनमा प्राथामिककता दिने आशाका साथ जय शम्भु पर्दामा आएका हुन् । फिल्ममा पछिल्लो समयका दुई एक्शन स्टार प्रशान्त ताम्राकार र अनुप विक्रम शाही भएका कारण पनि फिल्म नेपाली दर्शकहरुको लागि प्रतिक्षित बनेको छ । यस्तै फिल्ममा बर्षा शिवाकोटीको पनि अभिनय रहेको छ । जसले एक्शनसँगै रोमान्टिक लभस्टोरी पनि समावेश गरेको छ । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्र शाक्य निर्माता रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता रहेका छन् । यस्तै फिल्म मिस्टर भर्जिनले सेक्स कन्टेन्टलाई फरक तरिकाले कमेडी शैलीमा प्रस्तुत गरेका छन् । यस्तै आँचल शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ब्ल्याकले लभस्टोरी प्रस्तुत गरेको छ । फिल्मको गीतलाई पनि रुचाईएको छ । प्रदिप श्रेष्ठले निर्देशन गरेको फिल्मका निर्मात्री आश्मा पाण्डे हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस