ब्रेकिङ्ग : बर्षापछी खगेन्द्रबाट गोपिलाई धोका, वास्तविकता के हो ?

फिल्मी फण्डा । संचारकर्मी दिपेन्द्र लामाले निर्देशन गर्ने भनिएको फिल्म गोपिमा लगातार कलाकार फेरबदल भएको छ । निर्देशक दिपेन्द्र लामाका अनुसर केही दिन अघि मात्र फिल्मबाट बर्षा सिवाकोटी बाहिरिएकी थीइन् । ३ दिन पछि फ्लोरमा जाने भनिएको फिल्म गोपिबाट कलाकार खगेन्द्र पनि बाहिरिएका छन् । निर्माण टिमले फिल्मलाई खगेन्द्रले अन्तिम अवस्थामा धोका दिएको दाबि गरेका छन् ।
यता कलाकार खगेन्द्रले भने फिल्मको स्क्रिप्ट मन नपरेर फिल्म छाडेको बताएका छन् । फिल्मको घोषणाताका खगेन्द्रले फिल्मको स्क्रिप्ट मन परेर काम गर्न लागेको बताएका थिए । यसो त फिल्मको स्क्रिप्ट पुनर्लेखन गर्दा उनी पनि लेखक सामिप्यराज तिमल्सिना र निर्देशक दिपेन्द्र लामासंगै सहभागि थिए । आफै कथा पुनर्लेखनमा सहभागी भएका खगेन्द्रलाई अन्तिम चरणमा कसरी कथा मन परेन त्यो उसैलाई थाहा होला । केही दिन अगाडि मात्र बर्षाले स्क्रिप्ट चित्त नबुझेको भन्दै फिल्म छाडेकी थीइन् ।
लगातार यसरी शुटिङ्गको मुखमा कलाकारले फिल्म छोड्नुले कथा मन नपरेको हो या अन्य कुनै समस्या भएको हो त्यो फिल्म निर्माण टिम र कलाकारलाई नै थाहा होला । अब भने खगेन्द्रको ठाउँमा कलाकार बिपिन कार्की रहने पक्का भएको छ । बिपिनले कथा मन पराईसकेका छन् । केही दिनमा फिल्म फ्लोरमा जाने कार्यकारी निर्माता श्रीधर पौडेलले बताएका छन् । बर्षा सिवाकोटीको ठाउँमा फिल्मका टिमले बर्षा राउतलाई अनुबन्धित गरेको छ ।
फिल्मको निर्माता आरोही केसी हुन् भने श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्ममा सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने फिल्मका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस