साम्राज्ञीसँग लन्डनमा बन्धन बाँध्ने सुरमा धिरज ( गीत )

फिल्मी फण्डा । फिल्म ईन्टु मिन्टु लन्डनमाको दोस्रो गीत सार्वजनिक भएको छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा सजिल कर्माचार्यको स्वर तथा शब्द रहेको छ । लभस्टोरी जनराको उक्त फिल्मलाई रेनसा बान्तवा राईले पहिलो पटक निर्देशन गरेकी हुन् । रेनाशा फिल्म ईन्टुमिन्टु लण्डनमा बाट कोरियाग्राफरसँगै निर्देशक बनेकी हुन् ।
फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छाँयाङ्कन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । फिल्मका निर्माता प्रज्वल शमशेर जंगशहादुर राणा हुन् । सुस्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ्ग फिल्मका सह निर्माता हुन् । आई कोरको ब्यानरमा निर्माण भएको फिल्ममा साम्रज्ञी राज्य लक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म असोज ५ गतेबाट देशव्यापी प्रर्दशनमा आँउदैछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस