कायरालाई विशेष शोमा मिश्रीत प्रतिक्रिया

फिल्मी फण्डा । फिल्म कायरा युनिटले काठमाडौंको जय नेपाल हलमा विशेष शो राखिएको थियो । जहाँ कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिती थियो । उक्तो शोमा आर्यन सिग्देल आफ्नो पत्नी सपना भण्डारीसँग आएका थिए भने फिल्मको लिड अभिनेत्री साम्रज्ञी राज्य लक्ष्मी भने उपस्थित थिईनन् । फिल्मलाई कलाकरहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् ।
लब जनरमा निर्माण भएको फिल्ममा निर्देशक लक्ष्मण रिजालको निर्देशन , शिवराम श्रेष्ठको छाँयाङ्कन र बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मका निर्माता निर्देशक लक्ष्मण रिजाल आफै हुन् भने दिनेश थापा र दिवश पराजुली फिल्मका सह निर्माता हुन् । आर्यन सिग्देल र आर एण्ड आरको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा साम्रज्ञी राज्य लक्ष्मी शाह, आर्यन सिग्देल, शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस