नेपाल लिटल स्टार २०१८ आयोजना हुँदै

फिल्मी फण्डा । सिद्दि मिडिया प्रालिले नेपाल लिटल स्टार २०१८ प्रतियोगिताको आयोजना गर्ने भएको छ । बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गर्न लागिएको सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताँउछन् ।
प्रतियोगीहरुलार्इ २५ दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई उनीहरुको बाल मनोबैज्ञानिक पहिचान गरि आफ्नो क्षमता, दक्षता तथा बालबालिकाको इच्छा रुचिलाइ मध्यनजर गरेर सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रतियोगीहरुले सिद्दि मिडिया प्रालिको कार्यालयबाट फर्म लिएर तथा एस एम एस मार्फत रजिष्टर गरेर पनि सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा भाग लिनको लागि ५ बर्ष देखि १२ बर्ष सम्मका बालबालिकाहरु हुनु पर्नेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस