निर्जलाको भाले मटर गीतसँगै कभर कम्पिटीसन आयोजना ( गीत )

फिल्मी फण्डा । फिल्म निर्जलाको पहिलो गीत भाले मोटर सार्वजनिकसँगै कभर भिडीयो कम्पिटीसन पनि आयोजना गरेको छ । फिल्म युनिटले क्युज सिनेमामा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरेका हुन् भने कभर भिडीयो कम्पिटीसनमा प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ र दोश्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
बिजेतलाई आफूले निर्माण गर्ने नयाँ फिल्ममा उचित भूमिका पनि दिइने निर्माता प्रकाशचन्द्रले बताएका छन् । गीतमा सरन जोशको स्वर तथा संगीत र महेश मुडवारीको शब्द रहेको छ । राजु गिरी प्रोडक्शन र शुभश्री फिल्मस् प्रोडक्शनद्वारा निर्मित फिल्म निर्जलालाई राजु गिरीले निर्माण गरेका हुन् ।
शुभेच्छा थापाको लेखन रहेको फिल्ममा रबि कोइरालाको छायांकन, अशोक खड्काको द्वन्द्घ, कमल राई र क्रान्ति के.सीको कोरियोग्राफी र तारा थापा किम्भे को सम्पादन रहेको छ । प्रकाश चन्द्र न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म आँउदो असोज १९ गतेबाट देशव्यापी प्रर्दशन हुँदैछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस