सन्नी लियोनी सँग रोमान्स गर्दै अनुप

फिल्मी फण्डा । बलिउडको बोल्ड नायिका हुन् सन्नी लियोनी । सन्नी लियोनीको फ्यान कलिउड, हलिउड र बलिउड सम्म एकाएक छन् । उही सन्नी लियोनी अब नेपाली फिल्म पासवर्डमा देखिने भएकी छिन् । यो खबरले नेपाली सिने बजारमा अहिले एक प्रकारको गर्माहत पैदा गरेको छ । उक्त फिल्ममा सन्नीसँग गत शुक्रबारबाट प्रर्दशनमा आएको फिल्म जय शम्भूको लिड एक्टर अनुप विक्रम शाहीले रोमान्स गर्ने भएका हुन् ।
फिल्ममा सन्नीले केही सिन र आइटम डान्स गर्ने भएकी छिन् । सन्नी लियोनीले उक्त फिल्मको लागि ५० लाख भारु परिश्रमिक लिएको निकट श्रोतले बताएका छन् । सम्राट बस्नेटले निर्देशन गर्ने उक्त फिल्मलाई बिक्की जोशीले निर्माण गर्दैछन् । सस्पेन्स थ्रिलर र एक्सन लब स्टोरी फिल्ममा सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहने कन्र्फम भएको छ ।
ए. बि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस फिल्मको छायांकन बेलायतको लन्डन आसपास हुने भएको छ । फिल्म यही अगष्ट २६ बाट फ्लोरमा जाने भएको छ । फिल्ममा अनुप र सन्नीसँगै फिल्ममा छुल्ठिम गरुङ, बद्धि तामाङ, रविन्द्र झा, विक्रान्त बस्नेत, प्रविण खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस