निसन्तान कथा प्रसादको इन्डक्ल्याप

फिल्मी फण्डा । फिल्म प्रसादको शुटिङ्ग सकिएको छ । फिल्म युनिटले फिल्मको शुटिङ्ग सकिएको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरी इन्डक्ल्याप गरेका हुन् । सुवास थापा प्रोडक्शनमा निर्माण भएको प्रसादलाई पर्व निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।
फिल्ममा नम्रता श्रेष्ठ, विपीन कार्की, र निश्चल बस्नेतको मूख्य भुमिका रहेको छ । निसन्तान लोग्ने र स्वास्नीको बीचमा उत्पन्न हुने झगडाको विषय माथी फिल्मलाई सुशिल पौडेलले लेखेका हुन् । फिल्ममा सुवास थापाको लगानी रहेको छ भने फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस