सम्राटको ‘ए इज फर एप्पल’ (भिडियो)

फिल्मी फण्डा । सम्राट क्रिएशनद्वारा बाल गायक आयुष के.सी.को स्वरमा रहेको बालबालिकाहरु प्रति लक्षित गर्दै ए इज फर एप्पल बोल गीतको शैक्षिक भिडियो सार्वजनिक भएको छ । गीतमा सम्राट दाहालको अभिनय रहेको छ । सुमन दाहालको निर्देशनमा निर्माण भएको यस बालगीतमा सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको छ । सुजिता सिटौलाले छायांकन रहेको बाल शैक्षिक गीतको भिडियोलाई सुरेश राउतले संपादन गरेका हुन् ।
गीतले बालबालीकाहरुलाई पढ्न र सिक्न धेरै नै मद्दत गर्ने भिडियोका निर्देशक सुमन दाहालको दावी छ । यस गीतमा सम्राट दाहालले अघिल्ला गीतहरुमा भन्दा यस बालगीतमा निकै मिहेनत गरेर धेरै राम्रो अभिनय गरेको निर्देशक दाहाल बताउँछन् । सम्राट पछिल्लो समय निरन्तर भिडियोहरुमा देखिरहेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस