म सधै सुदर्शनको साथमा हुन्छु–पुजा

फिल्मी फण्डा । फिल्म रामकहानीले यो हप्ता ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलर सार्वजनिक भएको केही दिनमै दर्शकको मन जितिसकेको फिल्म रामकहानी आउँदो भाद्रको २२ गतेबाट देशभर एकसाथ रिलिज हुदैछ । फिल्ममा कमेडी कलाकारदेखी आकाश श्रेष्ठ र पुजा शर्मा भएकै कारण दर्शकको प्रतिक्षा रामकहानी भएको छ ।
पछिल्लो समयमा पुजा शर्माको कुरालाई लिएर विभिन्न मिडियामा गसिप तथा समाचारहरु आईरहेका हुन्छन् । पुजा शर्मा हरेक फिल्ममा एउटै तरिकाले प्रस्तुत हुन र सुदर्शनसँगै किन हुन्छ भने प्रश्नलाई पुजाले आफ्नै तरिकाले उत्तर दिएकी छिन् । आफुले फिल्ममा पाईरहेको सफलता सुदर्शनकै देन भएको पुजाले बताएकी हुन् ।
उनले आफु जब सम्म रहन्छु सुदर्शनकै साथमा रहन्छु पनि भनेकी छिन् । यस अर्थमा पुजा शर्मा सुदर्शन थापाको सुदर्शन थापा प्रोडक्शनमै रहनेछिन् भन्ने प्रष्ट हुन्छ । यता सुदर्शन र पुजा बीचको प्रेम सम्बन्धको वारेमा चर्चा गर्नेहरुका लागि पनि पुजाले उत्तर दिएकी हुन् । पुजा निरन्तर सुदर्शन थापासँगै रहने कुरा सायद सुदर्शन र पुजाबीचको प्रेम सम्बन्धलाई देखाउने पाटो पनि हुन सक्छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस