द ब्रेकअपमा विवादै विवाद, अन्तत निर्माताले छाडे फिल्म

फिल्मी फण्डा । फिल्म द ब्रेकअप बाट निर्माता रोहित अधिकारीले हात झिकेका छन् । फिल्मको शुटिङदेखी नै विभिन्न लफडाहरु बाहिर आउने गर्थ्यो । फिल्मको छायाँकनताका कलाकारहरुले ड्रेसमा कम्प्लेन गरेपछि फेशन डिजाइनरलाई निकालिएको कुरा बाहिर आएको थियो । लगतै फिल्मका टिमलाई अष्ट्रेलियामा शुटिङको लागि भिषा दिन निकै समय लगाएको समाचार पनि बाहिरियो । पछि अष्ट्रेलियाको लागि शुटिङमा जानुपर्ने बेला नायक सलोन बस्नेतले फिल्मबाट हात झिके ।
आधा फिल्म शुटिङ सकाएर सलोन ले फिल्म छाडेका हुन् । सलोनले फिल्म छोड्नुको कारण भने अष्ट्रेलियमा छायाँकन गर्न सहयोग गर्ने स्पन्सर हुन् । अष्ट्रेलियमा सहयोग गर्ने टिमले एक रोल माग गरेपछि सलोनको पात्रलाई तलमाथि गर्ने काम भयो त्यसपछि सलोनले यात्राको छायाँकन रहेको भन्दै फिल्म नै छोडे । तर पनि अहिलेसम्म यस बारेमा आधिकारीक जानकारी निर्माण टिमले दिएको छैन ।
स्रोतका अनुसार अहिले पनि फिल्मको व्यवासायिक कुरालाई लिएर रोहित अधिकारी फिल्मस् र ह्यापि प्लानेट बीच केही विवाद भएको दावी गरिएको छ । फिल्मको लगानी र शेयरमा कुरा नमिलेपछि दुई ब्यानरबीच मनमुटाव रहेको र एक ब्यानर हट्ने निश्कर्ष सहित रोहित अधिकारी फिल्मबाट हटेको बुझिएको छ । अब फिल्मलाई ह्यापि प्लानेटले तयार गर्नेछन् । रोमान्टिक लभस्टोरी रहेको फिल्म द ब्रेकअपलाई हेमराज बि. सीले निर्देशन गरेका हुन् ।
फिल्ममको मूख्य कलाकारमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, ईच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठ लगायतका कलाकारहरुको भुमिका रहेको छ । नरेन्द्र मैनालीले खिचेको फिल्ममा विशेष पाण्डे, बिराज गौतमको संगीत रहको छ । फिल्मको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । रोहित अधिकारीले भने फिल्मका निर्देशक हेमराज बिसी सँग विवाद भएको कारण फिल्म छोडेको बताए । उनका अनुसार रोहित अधिकारी फिल्म्सको शेयर हेमराज बिसीले लिने भएको कारण आफुले फिल्म छोडेको बताएका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस