गायिका विष्णु माया राईको ‘सायद मेरो गल्ती भयो की’ (भिडियो सहित)

फिल्मी फण्डा । नेपाली आधुनिक सुगम संगीतमा नव प्रवेशी कलाकारहरुको आवागमन भैरहेको अवस्थामा गायिका विष्णुमाया राईको आवाजमा रहेको गीतकार इन्द्र दाहाल शिशिर द्धारा लिखित “सायद मेरो गल्ती भयो की” गीतको भिडियो सार्वजनिक भएको छ ।

जिवनका बास्तविकतालाई कलात्मक रुपमा गीतमा मर्म स्पर्शी रुपमा ब्यक्त गरिएको छ । गीतमा गणेश गन्धर्वको संगीत गीतमा रहेको छ । प्रेमका मार्मिक भावहरु गीतको भिडियोमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन , र बविता श्रेष्ठको निर्देशन गीतमा रहेको छ । गीतको भाव अनुसारको अभिनय सरिता राई , इन्द्र दाहाल शिशिर र यमुना कुमालले गरेका छन ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस