फिल्म ‘अनुराग’को कलेज क्याम्पियन

फिल्मी फण्डा। प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अनुराग’ टिमले कलेज क्याम्पियन सुरु गरेको छ। राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर फिल्मको प्रचार प्रसारलाई तिव्र पारिएको प्रस्तुतकर्ता ऋषि धमलाले बताएका छन् ।
नायिका एलिजा गौतम नायक समुन्द्र पण्डितलगायतको फिल्मको टिम कलेजमा पुगेका थिए। एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ घेरेका थिए।
चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति, भरत गौतम र गीता भेटवाल को लगानीका साथै निर्देशक सत्यराज चौलागाईंको डेब्यू निर्देशन रहेको चलचित्र ‘अनुराग’को असोज १२ गतेलाई प्रदर्शन मिति तोकिएको छ। ‘अनुराग’ मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।
एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो। उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस