मालिकाको अफिसियल ट्रेलर सार्वजनिक ( ट्रेलर सहित )

फिल्मी फण्डा । फिल्म मालिकाको अफिसियल ट्रेलर रिलिज भएको छ । फिल्म युनिटले काठमाडैंको राईजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त ट्रेलर रिलिज गरिएको हो । एक्सनले भरिएको उक्त ट्रेलरमा नायिका रेखासँगै कमला वली फिचर्ड छन् । फिल्म मालिकाको कार्यकारी निर्माता नर कार्की हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा रहेकी छिन् ।
लक्ष्मी पूजाको छेको पारी आउने तयारी रहेको यस फिल्ममा अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको छ । फिल्ममा शिवम अधिकारीको लेखन तथा पटकथा र रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस