अङ्ग्रेज–नेपाल युद्धमा आधारित फिल्म नालापानीको टिजर सार्वजनिक ( टिजर )

फिल्मी फण्डा । फिल्म नालापानीको अफिसियल टिजर सार्वजनिक भएको छ । फिल्म युनिटले बिहीवार राजधानीमा एक कार्यक्रमको बीच कलाकार र निर्माण टिमको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो ।
फिल्ममा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मका निर्माता मनोज शाक्य हुन् । पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनिरहेको यस फिल्ममा रिमेश अधिकारीको निर्देशन, रिमेश अधिकारी र कृष्ण आचार्यको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, बिपिन मल्लको सम्पादन, अच्युत गजुरेलको भिएफएक्स र रामशरण उप्रेतीको छायांकन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस