सलमान सँग डराएर ‘भारत’ छोडेकी प्रियंकाको खुलासा

फिल्मी फण्डा। प्रियंका चोपडाले सलमान खानसँग गर्ने भनिएको फिल्म भारत छोडेको डेढ महिना भइसकेको छ । तर, यसको कारणका विषयमा अनुमान गर्ने सिलसिला भने चलिरहेको छ । अब यो विषयमा नयाँ कुरा खुलेको छ । रिपोर्टका अनुसार प्रियंकाले यो प्रोजेक्ट सलमान खानकै कारण छोडेकी थिइन् । पछिल्लो समय सलमान हरेक काममा ढिलासुस्ती गर्छन् र प्रियंका सलमानको यही बानीसँग डराएकी थिइन् ।
प्रियंकालाई अरु हिरोइनभन्दा पहिले भारतको लागि साइन गरिएको थियो । त्यसपछि दिशा पटानी र तब्बु पनि स्टारकास्टमा जोडिए । जब यी दुई हिरोइन फिल्ममा थपिए त्यसपछि नै प्रियंकाको मन फेरिएको थियो । उनलाई लागिरहेको थियो कि दिशा र तब्बुका कारण उनले स्क्रिनमा कम स्थान पाउनेछिन् । दिशा र तब्बु फिल्ममा जोडिनासाथ प्रियंकाले फिल्म छोड्ने मन बनाइसकेकी थिइन् । यही बीचमा उनलाई थाहा भयो कि सलमान सेटमा ढिलो गरेर आउँछन् र कैयौं पटक उनको ढिलाइका कारण तोकिएको सुटिङ हुनै पाउँदैन । यस्तोमा सलमानको ढिलासुस्ती गर्ने बानी उनलाई मन परेन र उनी फिल्मबाट बाहिरिइन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस