कथाले मागेपछि यौनकर्मी बनेकी प्रियंकाको लाज

फिल्मी फण्डा । प्रायजसो पत्रकारले तपाईलाई कस्तो भुमिका गर्न मन पर्छ भन्ने प्रश्नमा कलाकारहरुले फरक–फरक किसिमको भुमिका गर्न रुचाउँछु भनीरहेका हुन्छन् । फिल्मको छायाँकन पूर्व स्क्रिप्ट पुरै पढेर पनि काम गर्छन् । तर जब कुनै फिल्मको प्रचार सामाग्री बाहिर आउँछन् चित्त बुझेन भन्दै कलाकारहरु प्रमोशनमा देखिदैनन् । यस्तै लाईनमा अर्की नायिका थपिएकी छिन् प्रियंका कार्की । निर्देशक संगीता श्रेष्ठले लेखेको फिल्म कथा काठमाण्डुको कथाले नायिका प्रियंका कार्कीलाई खोजियो । निर्देशक संगीताले प्रियंकालाई स्क्रिप्ट पनि दिईयो । प्रियंकाले पढेर पुरै सहमतिमा काम पनि गरे ।
फिल्ममा निकै बोल्ड भनिएका दृश्यहरु प्नि प्रियंकाले सहजै कथा भित्र घुसेर दिईन् । फिल्मको गीत जब बाहिरीयो तब प्रियंका मिडियालाई दोषि देखाउँदै फिल्मका टिमलाई दुख दिन थालिन् । उनी फिल्मको प्रचार सामाग्रीहरु सार्वजनिक कार्यक्रम तथा कथा काठमाण्डुको वारेमा मिडिया केही बोल्न चाहेनन् । यति मात्र हैन, हरेक फिल्मको केही न केही सामाग्री आफ्नो सामाजिक सञ्जालमा राख्ने गरेकी प्रियंका कथा काठमाण्डुबाट गुमनाम नै छिन् । उल्टो प्रियंकाले पत्रकार पछि लागे भने तर्क दिएकी निर्देशक संगीताले ट्रेलर सार्वजनिक कार्यक्रममा बताइन् ।
जब आफु खुलेर फिल्मको सिन गर्न तयार भएकी प्रियंकालाई त्यहि सिनको वारेमा पत्रकारले लेख्दा र त्यसको विषयमा बोल्नु पर्दा कसरी आत्मग्लानी भएछन् कुरा अचम्म लाग्दो छ । आवश्यकता भन्दा बढि एक्सपोज हुन सक्ने प्रियंकाले मिडिया सामु एक्सपोज हुन नसक्नु उनको गल्ति हो । काठमाडौंको कथाले मलाई त्यस्तै भुमिकामा खोजे र प्रस्तुत भए भनेर फिल्ममा भुमिका गर्न सक्ने तर त्यहि विषयमा मिडियामाझ अनुहार लुकाउने प्रियंकाले पत्रकारलाई दोषी देख्नु पूर्ण गलत हो । उनले फिल्ममा उत्तेजित बोल्ड सिन दिएकी छिन् । स्मरण रहोस् फिल्मको घोषणा कार्यक्रममा प्रियंकाले फिल्मको स्क्रिप्ट पढेर निकै उत्साहित छु । सकेसम्म राम्रो गर्ने कोशिश गर्नेछु भनेकी थिईन् । प्रियंका जी अहिले लाज अलि नाटकी भएन र ?
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस