रामकहानी अब विदेशमा पनि प्रर्दशन हुँदै

फिल्मी फण्डा । नेपालमा सफलतापूर्वक प्रदर्शन भैरहेको फिल्म ‘रामकहानी’ अब अन्य देशहरुमा पनि रिलिज हुने भएको छ । फिल्म रामकहाी अब यूरोप, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा फिल्म रिलिज हुन लागेको निर्देशन सुदर्शन थापाले जानकारी दिए ।
फिल्म आँउदो सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा प्रर्दशन हुँदैछ र त्यस लगतै फिल्म अमेरिकाको विभिन्न राज्यमा यो फिल्म रिलिज हुनेछ । फिल्म अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ ।
यूरोपको डेनमार्कबाट प्रर्दशन सुरु हुँदै फिल्म डेनमार्कपछि पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशहरुमा रिलिज हुँदैछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशहरुमा चल्ने पक्का भएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् ।
फिल्म रामकहानीमा सौरभ लामाको छायांकन रहेको फिल्ममा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, र सुर्दशन थापाको कथा तथा निर्देशन रहेको छ । निर्देशक सुदर्शन थापाको होम प्रोडक्शनमा निर्माण भएको फिल्मको निर्माता पूजा शर्मा र सुर्दशन थापा हुन् । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस