• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

रामकहानी र रोज देशैभर हाउसफुल, व्यापारमा औसत रामकहानी माथी (बक्स अफिस सहित)

  • 2018-09-08 
  • प्रकाशित

    Spread the love

    कबिता बलामी/फिल्मी फण्डा । फिल्म प्रेम गीत नेपाली दशर्कहरुको मन मस्तिष्कमा बसेको फिल्म हो । उक्त फिल्ममा पुजा शर्मा र प्रदिप खड्का को अभिनय रहेको थियो । पछि यी दुई कलाकारको संगै कुनै पनि फिल्म आएको छैन तर यी दुई अभिनित दुई फिल्म एकै पटक रिलिज भईरहेको छ । यी दुबैलाई एक अर्कोप्रति चुनौती छ । कसको फिल्मले व्यापार बढि गर्ने हो भन्ने विषय रहेको छ । हिजो शुक्रवार बाट प्रदर्शनमा आएको रामकहानी र रोज मा रामकहानीलाई राम्रो प्रतिक्रिया मिलेको छ भने रोजलाई प्रदिपको कारण रोज रहेको भन्ने प्रतिक्रिया मिलेको छ ।


    फिल्म रामकाहानीले शुक्रवार देशभरका हलमा औसत ६० प्रतितशतको अकुपेन्सि कायम गरेको वितरक सुनिल मानन्धरले बताएका छन् । यस्तै फिल्म रोजले देशभर ४० प्रतिशत बढि अकुपेन्सि कायम गरेको छ । तुलनात्मक रुपमा रोजमा भन्दा बढि कलाकारहरु रामकहानीमा रहेको छ । फिल्म रोजलाई प्रदिप एक्लैले बोकेको हो । विषयगत रुपमा कमजोर भनिएको रोज प्रदिपकै कारण शनिवार देशभरिका हलहरुमा हाउसफुल भएका छन् भने । बढि शोज र ठूला हल पाएको रामकहानी पनि देशैभर हासउफुल छन् । यतिखेर पुजा र प्रदिप बीचको चूनौतीलाई दर्शकले राम्रै साथ दिईरहेका छन् । हल्ला र दर्शकको प्रतिक्रिया भने रामकहानीलाई राम्रो छ । यता रोज हेरेको दर्शकले फिल्म कमजोर भएको बताएका छन् । जे होस् प्रदिप कै कारण रोजको व्यापारमा ईनिसियल देखिएको छ । मल्टिप्लेकसमा रामकहानीलाई बढि शो दिईएको छ । यस्तै देशभरका सिंगल थिएटरमा बढि र ठूला हल पनि रामकहानी कै पक्षमा रहेको छ । यस कारण रामकहानीको व्यापार रोज भन्दा औसत माथी छ ।


    शुक्रवार देशरभ १८ लाख नेट कलेकशन गरेको रामकहानीले शनिवार ४० लाख भन्दा बढि नेट कलेक्शन गर्ने आशा राखिएको सुनिल मानन्धरले बताएका छन् । यस्तै रोजले शुक्रवार झण्डै १२ लाख नेट कलेशन गरेको छ भने शनिवार २५ लाख भन्दा बढि नेट कलेशन गर्न सकिने दावी रहेको छ । फिल्मको कुल कारोवारको आधाबाट वितरकको कमिशन कटाएर बाँकी भएको नेट रकम निर्माताको हातमा पर्ने रकम हो । रामकहानीलाई सुदर्शन थापाले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विलसन विक्रम राई, रविन्द्र झा लगायतको मूख्य भुमिका रहेको छ । यस्तै रोजलाई निरक पौडेलले निर्देशन गरेको हुन् । फिल्ममा प्रदिप खड्का, परमिता राणा, मिरुना मगर लगायतको भुमिका रहेको छ । पछिल्लो समय गोपिकृष्ण मुभिजको कुसुमे रुमाल, ठमेल डट, होमवर्क लगायतका सबै फिल्म फ्लप भएका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073