अनमोलसँग डर छैन –प्रदिप भट्टराई, संभव होला त ‘क्याप्टेन’ भर्सेस ‘जात्रै जात्रा’ ?

फिल्मी फण्डा । फिल्म ‘जात्रा’ र ‘शत्रुगते’ निर्देशन गरेका निर्देशक प्रदिप भट्टराईले अर्को फिल्म ‘जात्रै जात्रा’ निर्देशन गर्ने भएका छन् । फिल्म ‘जात्रा’कै सिक्वेल फिल्म हो ‘जात्रै जात्रा’ । फिल्मको वारेमा जानकारी दिदै निर्देशक प्रदिपले रिलिज डेटको वारेमा जानकारी गराईएका हुन् । पत्रकारले फिल्म ‘क्याप्टेन’सँग फाल्गुन १७ मै जुध्ने भएको छ किन ? भन्ने प्रश्न निर्देशक प्रदिप भट्टराईलाई गर्दा उनले ‘जात्रै जात्रा ‘फाल्गुन १७ मा रिलिज गरिने ‘क्याप्टेन’ अघि नै घोषणा गरेको बताएका छन् ।
पछिल्लो समय यूवापुस्तामा लोकप्रिय नायक अनमोल केसीको फिल्मसँग डर हुदैन र ? भन्ने प्रश्नमा प्रदिपले अनमोल केसीसँग कुनै डर नभएको बताएका छन् । उनले फिल्म ‘क्याप्टेन’ले आफ्नो कन्टेन्ट बेच्ने र आफुले ‘जात्रै जात्रा’मा आफ्नो कन्टेन्ट बेच्ने दावी गरे । उनले नेपालमा दुई फिल्म सँगै रिलिज हुनु कुनै नौले कुरा नभएको र अहिलेको अवस्थामा दुई फिल्म एकै पटक आवश्यक रहेको पनि बताएका छन् ।
फाल्गुन १७ गते ‘क्याप्टेन’ रिलिज हुने औपचारिक घोषणा गरिसकेका छन् । पोष्ट प्रोडक्शनमा रहेको ‘क्याप्टेन’ र कार्तिक १ बाट मात्रै फ्लोरमा जाने जात्रै जात्रा एकै दिन रिलिज हुने हो की हैन त्यो त पछि नै थाहा होला । तर यी दुई फिल्म एकै दिन रिलिज भएमा दर्शकमा कौतुहलता त हुन्छ नै, फिल्मी बजार पनि गरामागरम हुने पक्का छ । संभवत यी दुई फिल्म एकै दिन रिलिज हुने छैन । अनमोलको स्टारडम अहिलेको अवस्थामा नेपाली फिल्मी बजारले राम्रो मानिन्छ भने सुपरहिट फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ पनि आशातित फिल्म हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस