सडकमा हसाँउनेदेखी भद्रगोलसम्म छक्का पञ्जाको प्रचार

फिल्मी फण्डा । दर्शक र फिल्मकर्मीहरुकै लागि पनि प्रतिक्षित फिल्म हो छक्का पञ्जा ३ । कमेडी जनरामा निर्माण भएको फिल्म आउँदो घटस्थापनाको दिनदेखी रिलिज हुदैछ । रिलिज मिती नजिकिदै गर्दा फिल्म युनिटले प्रचारप्रसारलाई तिब्रता बनाईएको छ । फिल्म युनिटले काठमाडौंको विभिन्न स्थानहरुमा कमेडी देखी कन्सर्ट सम्म गर्न भ्याईरहेका छन् भने अर्को तर्फ नेपाल आईडलदेखी टेलिफिल्म भद्रगोल सम्म छुटाएका छैनन् ।
ठूलो ब्यानरमा निर्माण भएको फिल्म छक्का पञ्जाले यस्तो किसिमको प्रचार फिल्मलाई अझ बढि लोकप्रियता ढिलाउन गरेका हुन् । काठमाडौंको कोटेश्वर, लखनखेल बसपार्कमा लगायतका ठाउँमा छक्का पञ्जा ३ टिमले कन्सर्ट गरेका थिए भने कन्सर्टमा यसका मुख्य कलाकार केदार घिमिरे, जितु नेपाल, निर्देशक दीपाश्री निरौलाले हसँएका थिए । यस्तै एपिवान टेलिभिजनमा हाल प्रशारण भईरहेको रियालिटी शो नेपाल आईडलमा पनि छक्का पञ्जा ३ युनिटले फिल्मको प्रचार गरेका छन् ।
यस्तै नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’ मा पनि फिल्मका युनिटले प्रमोशन कन्सेप्टमै अभिनय गरेका छन् । तितो सत्य पछि फिल्म निर्माण गरिरहेका दिपक दिपालाई पछिल्लो समय दर्शकले टेलिभिजनमा देख्न पाएका छैनन् । तर फिल्मको प्रमोशन कन्सेप्टमा भद्रगोलमा छक्का पञ्जा ३ को कलाकारहरुलाई देखिने भएको हो । दिपक, दिपा र केदार घिमिरेलाई एक साथ भद्रगोलमा देख्न सकिनेछन् । तर यो फिल्म रिलिज सम्मको लागि मात्र हुनेछ । छक्का पञ्जा जस्तो ठूलो ब्राण्डको फिल्मको मिडिया लक्षित प्रमोशन अरु फिल्मले पनि सिक्न जरुरी छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस