हरितारा चलचित्र पुरस्कार लय संग्रौला र रेखा थापालाई, उत्तम केसी र विजरत्न पनि सम्मानित हुने

फिल्मी फण्डा । यस बर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा निर्मातारनिर्देशक रेखा थापालाई प्रदान गरिने भएको छ । संरक्षक मनोजशम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले बुधबार पुरस्कारको निर्णय गरेको हो ।लय ३ दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रमा क्रियाशील छन् । त्यस्तै दुई दशकभन्दा बढी समय अभिनयमा क्रियाशील रेखा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन क्रियाशील रहँदै आएकी छन् । हरितारा चलचित्र पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।
त्यसैगरि परिवर्तन नेपालको कार्यसमितिको वैठकले ३ दशकदेखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्याएवापत अभिनेता उत्तम केसी र नेपाली रंग पत्रकारिता मार्फत ३ दशकदेखि क्रियाशील विजयरत्न तुलाधरलाई श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ । सोही कार्यक्रममा अभिनेता निर्देशक रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोविता सिम्खडालाई परिवर्तन सम्मान २०७५बाट सम्मान गरिने भएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस