‘इन्टु मिन्टु लण्डनमा’ अन्तत असफल
निर्माताको हातमा १ करोड ३५ लाख मात्र
निर्माताको हातमा १ करोड ३५ लाख मात्र

कबिता बलामी/फिल्मी फण्डा । यस बर्ष रिलिज भएको फिल्महरु मध्य कायरा औसत फिल्म रह्यो भने नाई नभन्नु ल ५ र रामकहानी सफल फिल्मको रुपमा रह्यो । लगानीको हिसाबले यी दुबै फिल्म सुरक्षित भएको छ । यस्तै ‘इन्टु मिन्टु लण्डनमा’ अहिले सम्म औसतमै मात्र रहेको छ । अन्तर्राष्ट्रिय प्रदर्शन पछि यो फिल्म सफल फिल्मकै दर्जामा आउने संभावना छ । असोज ५ गतेबाट प्रदर्शनमा आएको ‘इन्टु मिन्टु लण्डनमा’ तेश्रो हप्ताको संघारमा आउँदासम्म झण्डै १ करोड ३५ लाख नेट कमाउन सफल भएको छ । आय रकमको आधारमा खर्च रकम बढि छ । तसर्थ फिल्मको लगानी उठेको भने छैन ।
फिल्मले दुई हप्ता पार गरिसक्दा ४ करोड बराबरको ग्रस व्यापार गरेको छ । वितरकहरु र मल्टिप्लेक्सको आधारमा ४ करोड बराबरको ग्रस व्यापार गरेको बुझिएको छ । जसबाट हलको सर्भर चार्ज र कर काटेर आउने रकम बाट ५० प्रतिशत हलले राख्नेछ । दोश्रो हप्ता मल्टिप्लेक्स हलले निर्मातालाई ४२ देखी ४५ प्रतिशत मात्रै शेयर रकम दिनेछ । यो अर्थमा ४ करोड बराबरको व्यापार गरेको ‘इन्टु मिन्टु लण्डनमा’ को सबै खर्च घटाएर १ करोड ६० लाख बाँकी रहन्न जान्छ । त्यसमा वितरकले आफ्नो खर्च र शेयर प्रतिशत राख्दा निर्माताको हातमा १ करोड ३५ लाख मात्रै पर्नेछ ।
‘इन्टु मिन्टु लण्डनमा’ को अन्तर्राष्ट्रिय माग बढ्दो छ । त्यसलै फिल्मले लगानी सुरक्षित गर्न सक्ने आधार भने छ । तर फिल्म नेपालको बजारले मात्रै सफल हुन भने सकेको छैन । यो बर्षको बक्स अफिसमा अब्बल मानिएको पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ लगानी बढि भएको कारण सुरक्षित हुन नसकिएको हो । पहिलो हप्ता ९० लाख माथिको नेट कारोवार गरेको फिल्मले दोश्रो हप्तामा ४० लाख माथिको कारोवार गरेको हो । मल्टिप्लेक्समा फिल्मले अहिले पनि न्युन शो भन्ने पाईरहेको छ । फिल्मका निर्माता प्रज्वल राणाले २ करोड बढि लगानी भएको बताएका छन् । त्यस अर्थमा फिल्मको लगानी उठ्ल अझै ६५ लाख बढि नेट व्यापार गर्नुपर्नेछ । ६५ लाख नेटको लागि झण्डै २ करोड बढिको व्यापार गर्नुपर्नेछ । जुन व्यापार नेपालमा असंभव देखिएको छ । फिल्म सुरक्षित हुने आधार अन्तर्राष्ट्रिय बजार मात्रै बाँकी छ । यस कारण लगानीको हिसावले ‘इन्टु मिन्टु लण्डनमा’ असफल भएको देखिन्छ । साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक धिरज मगरको अभिनय रहेको फिल्मलाई रिनाशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस