‘को बन्छ करोडपति’ अब नेपालमा पनि

फिल्मी फण्डा । पछिल्लो समय विदेशी शोहरुको कपि शो नेपालमा पनि तिब्र रुपमा हुदै आएको छ । शुरुमा नेपाल आईडल अन्तर्राष्ट्रिय फ्रेनचाईजको रुपमा शुरु भएको हो तयसको लगतै द भ्वाईस अफ नेपालमा पनि शुर भएको छ । यस्तै अब ‘को बन्छ करोडपति’ पनि नेपालमा शुरु हुने भएको छ ।
एपिवान टेलिभिजनले यस शोलाई नेपालको लागि अधिकार लिईएको हो । अब नेपालमा यस शो लाई महानायक राजेश हमालले संचालन गर्ने भएको छन् । नेपालसहित १६१ देशमा ‘को बन्छ करोडपति’ शो पुगिसकेको छ । आगामी कार्तिक अन्तिम साताबाट एपीवान टिभीमा प्रशारण हुन लागेको ’केविसी’ अर्थात को बन्छ करोडपति को वारेमा बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी गराईएको हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस