मोनिका बनिन् पहिलो मिस फारवेस्ट

फिलमी फण्डा । ‘मिस फारवेस्ट–२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङले पहिरिएकी छिन् । शनिबार राति धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै २३ वर्षकी गुरुङले उपाधि हात पारेकी हुन् । मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त गरेकी गुरुङलाई पूर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराएकी थिइन् ।
प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनर अप र दिव्या गैरे सेकेन्ड रनर अप भइन । फष्ट रनर अप ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड रनरअफ गैरेले नगद २५ हजार हात पारिन् । रोयल कोलाबरेसन प्रालि नेपालले आयोजना गरेको ‘मिस फारवेष्ट –२०१८’ को निर्णायकहरुमा पूर्व मिस नेपाल सुगारिका केसी, गायक तथा गीतकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस