• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

स्टार आर्टको प्रतिभा सम्मानको दशैँ कार्यक्रम सम्पन्न

  • 2018-10-11 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपालीहरुको महान पर्व बिजया दशमी नजिकिदै गर्दा स्टार आर्टले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नै प्रशिक्षण केन्द्र रहेको ललितपुरको बाल कुमारीमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरेको हो ।

    करीब दुई दशक देखि नृत्य लगायतका विभिन्न विधामा प्रशिक्षण सञ्चालन गर्दै आएको उक्त संस्थाले सदावहार कमेडी किङको परिचय बनाएका नायक जय किशन बस्नेत, पार्कर साहसिक खेलबाट दुई पटकसम्म विश्व किर्तिमान् राख्न सफल दिनेश सुनार, चर्चित रियालिटी शो बुगी उगीकी बिजेता कबिता नेपाली, वाईल्ड रिपर्ज क्र्युका सुमन तामाङ, चलचित्र निर्देशक तुलसी बाँस्कोटा तथा अभियान रक्षक राईलाई सम्मान गरेको थियो ।

    स्टार आर्टकै सञ्चालक मध्येका एक जितेन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त विशेष कार्यक्रममा बालकुमारी टोल सुधार समितिका अध्यक्ष, श्याम बस्ताकोटी, महिला जागरण समूहका पूर्व अध्यक्ष ईन्द्र कुमारी महर्जन, यति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामलाल अवाले, महिला जागरण समूहकी उपाध्यक्ष सरस्वती अवाले, द अल ईन वान ग्रुपका क्याप्टेन बिक्रम मलाकी लगायत समूह, वाईसियल नेपाल ललितपुर महानगरका अध्यक्ष दिपेन्द्र शाही लगायत कमिटी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

    चर्चित रियालिटी शो बुगी उगीकी बिजेता कबिता नेपाली स्टार आर्टकै नृत्य विद्यार्थी हुन् भने विश्व रेकर्ड राखेका पार्कर दिनेश सुनार स्टार आर्टकै सञ्चालक समिति सदस्य हुन् । त्यसै गरी स्टार आर्टकै प्रशिक्षार्थीहरुले आधुनिक बि बोईङ लगायतका बिधामा पनि राष्ट्रिय स्तरका धेरै बिधामा जित हासिल गरेका छन् । हाल पनि स्टार आर्टमा विभिन्न प्रकारका नृत्य, संगीत, अभिनय, पार्कर, जिम्न्याष्टिक लगायत विधामा प्रशिक्षण दिने गरिएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा
    जबरजस्ती फिल्म हल खोल्दा संक्रमण फैलिने राजेश हमालको तर्क
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    कार्टुन ‘टम एन्ड जेरी’ फिल्मको शैलीमा निर्माण हुने
    हाँस्य श्रृखला गोलमालको चर्चा बढ्दो,म्याकुरी, खबपु, एलिस, खुइली लगायतका कलाकारको अभिनय
    कान्तिपुरकर्मी गोकर्ण गौतमको असमायिक निधन

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073