सुमन गुरुङको ‘लै बरी लै’ (भिडियो)

फिल्मी फण्डा । गायिका सुमन गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘लै बरी लै।।’ बोलमा रहेको गीत सुमनले सार्वजनिक गरेकी हुन् । लोक पप शैलीमा रहेको यस गीतमा शब्द तथा संगीत पनि सुमनकै छ ।
गम्भिर बिस्टले निर्देशन गरेको भिडियोमा युनिता खत्री, सुरबीर पण्डित, बिष्णु सापकोटा, हत्टि नत्टि अनुपम श्रेष्ठ लगायत अन्य कलाकारको अभिनय छ । भिडियोमा युनिता र दारी बा बीचको तालमेललाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ । लामो समयको अन्तरालपछि पुनः संगीतमा फर्किएकी गायिका सुमनले चलचित्रलगायत अन्य गीतका लागि व्यस्त भएकाले आफ्नो गीतमा ढिलाई भएको बताइन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस