नाना पाटेकर विरूद्ध नायिका तनुश्रीको यौन उत्पीडनको उजुरी

फिल्मी फण्डा । बलिउड नायिका तनुश्री दत्ताले अभिनेता नाना पाटेकरको विरूद्धमा यौन उत्पीडनको उजुरी दिएकी छिन् । उनले उजुरी दर्ता गराएपनि प्रहरीले सो उजुरी प्राथमिक्ता उजुरीभित्र नराखेको जनाएकी छिन् । तनुश्रीले नायक पाटेकरले हर्न ओके प्लिजको सेटमा एक गीतको छायाँकनको क्रममा दुर्व्यबहार गरेको आरोप लगाएकी छिन् ।
नायक पाटेकरले सन् २००८ मा एक फिल्मको सेटमा अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् । दत्ताको आरोपलाई पाटेकरले भने अस्विकार गरेका छन्। हाउसफूल ४ को सुटिङ सकेर शनिबार मुम्बई फर्किएका पाटेकरले संवादाताहरूलाई आफूले आठ वर्ष पहिले नै सो आरोप झूठो भएको बताइसकेको भन्दै आफ्नो बचाउ गरेका छन्। पाटेकरका वकिलले दत्तासँग माफी माग गर्दै कानुनी सूचना पठाइसकेका छन्।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस