दि कर्माको गीतमा नीताको थुम्कासँगै परमिताको एग्रेसिभ लुक्स ( गीत )

फिल्मी फण्डा । फिल्म ‘दि कर्मा’को पहिलो गीत बजार लाग्या छ रिलीज भएको छ । गीतको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माको दमदार नृत्य रहेको छ । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा एङ्ग्री लुक्समा छन् भने बुद्दि तामाङ्ग पनि देखिएका छन् । गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत, मनिषा पोखरेलको स्वर, र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । देव कुमार श्रेष्ठ निर्देशित फिल्ममा रामेश्वर कार्कीको छायांकन र अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
जय राज रायले निर्माण गरेको फिल्म आँउदो मंसिर ७ गतेबाट प्रदर्शन हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रा।लि।को ब्यानरमा बनेको यस फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्मासँगै नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने भएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस