सांगीतिक सम्मान तथा पुरस्कार प्रदान, अन्नपूर्णकर्मी अनन्त वाग्ले सम्मानित

फिल्मी फण्डा । नेपाल सांगीतिक संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार–२०७५ वितरण गरिएको छ । राष्ट्रिय नाचघरमा बुधबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, तथा सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले संयुक्त रूपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
कला पत्रकार सांगीतिक राष्ट्रिय सम्मान अन्नपूर्ण पोष्ट दैनिकका अनन्त वाग्लेलाई प्रदान गरिएको छ । उनलाई १० हजार रुपैयाँ नगद राशी सहित सम्मान पत्रले सम्मान गरिएको हो । कार्यक्रममा पुष्प नेपाली विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार वरिष्ठ कलासाधक भोला जोशीलाई, शिवशंकर मानन्धर विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार संगीत अन्वेषक बुलु मुकारुङलाई, फत्तेमान राजभण्डारी विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार गायक आनन्द कार्कीलाई, प्रदीप रिमाल विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार रत्नशमशेर थापालाई प्रदान गरियो ।
यसैगरी लालसमुन्द्रा बहुप्रतिभाशाली विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार संगीतकार शम्भुजित बास्कोटालाई, मधुबाबु थापा विशिष्ट सांगीतिक सम्मान तथा १५ हजार रुपैयाँ पुरस्कार संगीतसाधक कमल क्षेत्रीलाई, नेपाल सांगीतिक विशिष्ट सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार नृत्य निर्देशक वेद गुरुङलाई प्रदान गरिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस