कति बर्षकी भईन् बर्षा राउत ?

फिल्मी फण्डा । नायिका बर्षा राउतको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा फिल्म दाल भात तरकारी टिमले बर्षाको जन्मदिनलाई विशेष बनाईदिएका छन् । फिल्मको सुटिङ सेटमै रहेको कारण केक काटेर जन्मदिनलाई दाल भात तरकारीले विशेष बनाईदिएको हो ।

फिल्मका टिमसँगै जन्मदिन मनाएकी बर्षा कति बर्ष पुगिन् भने सायद कमैलाई थाहा होला । फिल्मी फण्डालाई प्राप्त स्रोतका अनुसार बर्षा २६ बर्षकी भएकी छिन् । यो बर्ष प्रेमी संजोग कोईरालासँग लगन गाँठो कस्ने हल्ला चलेपनि टरेको छ । अर्को बर्ष बर्षाको लगन गाँठो कसिने संभावना देखिएको छ । बर्षाले भने आफुले ३० बर्षको उमेरमा मात्र बिहे गर्ने बताएकी छिन् । बर्षा अभिनित फिल्म गोपि आउँदो माघमा रिलिज हुदैछ । फिल्मी फण्डाको तर्फबाट बर्षालाई जन्मदिनको शुभकामना ।


यसमा तपाइँको प्रतिक्रिया दिनुहोस