‘यात्रा’ न रोकिन्छ न पुरानो हुन्छ – निर्देशक सम्राट शाक्य

फिल्मी फण्डा । सम्राट शाक्यको डेब्यु निर्देशनमा बनेको फिलम ‘यात्रा’ चैत २९ बाट प्रदर्शनमा आउँदै छ । लामो समय फिल्मको सहायक निर्देशक भएर काम गरिसकेको अनुभव छ सम्राटसँग । उनै सम्राटले फिल्म ‘यात्रा’को तयारि गरिरहँदा फिल्मी फण्डासँग भलाकुसारी गरेका छन् । फिल्मको क्याप्टेन बन्नु भन्दा अगाडी अन्य काम सम्हालेका उनले पहिलेको तुलनामा अहिले काम गर्न सहज भएको वताए ‘पहिले काम गर्न अलिकति गाह्रै थियो, पहिले प्रविधिहरुको सुविधा थिएन । अहिले प्रविधिले सहज भएको छ ।’ कथावस्तुका आधारमा ‘पहिले र अहिलेमा समय अनुसार परिवर्तन भएको छ । अहिलेका दर्शक रियालिटि वेसका कथाहरु रुचाउनुहुन्छ । हन त पहिले पनि रियालिटि नहुने भने होइन ।’ उनले वताए ।
यात्रा फिल्म कस्तो फिल्म हो भन्ने जिज्ञासामा सम्राट भन्छन ‘यात्रा चाँहि कहिले पनि पुरानो हुन्छ जस्तो लाग्दैन, हरेक कुराहरुमा यात्रा हुन्छ । यात्रा धेरै किसिमका हुन्छन् । यात्रा फिल्म जीवनसँग नजिक रहेर बनाइएको फिल्म हो ।’ यो फिल्म अन्य फिल्म मैले हेरेको र गरेको आधारमा धेरै फरक छ । फिल्मको स्टोरी आम दर्शकले भोगेको स्टोरी छ । यो फिल्म हेरेर दर्शकहरुले हलबाट निस्किसकेपछि मान्छेले आफुमात्र बँचौ, आफ्ना नजिकको लागि मात्र बचाँउ भन्ने धारणा चाँहि छोड्नु पर्छ । फरक सोचेर अरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने छाप चाँहि पर्छ । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनुका साथै हसाँउने रुवाउने पनि गर्नेछ । दर्शकहरुले फिल्म हेरिसकेपछि यात्रालाई मनमा लिएर निस्कन्छन् ।
हिजोका दिनमा सहायक भएर काम गर्दा मेरो जिम्वेवारी थोरै थियो । तर, निर्देशक भएपछि मेरो जिम्मा धेरै नै हुन्छ । उनले आफ्नो अनुभव सुनाए । चैत २९ गतेका दिन नै प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर–३’ पहिले सलिनमान बनियालाई अफर गरिएको खबर बाहिरिएको थियो । सलिनले ‘ए मेरो हजुर–३’ को स्टोरी पहिले नै थाहा पाइसकेको र सो फिल्मकै निर्देशक झरना थापासँग काम गरिसकेकाले सलिनले केहि वताएका छन कि भन्ने विषयमा उनले भने–‘सलिनको एउटा बानि, उ कसैसँग कसैको कुरा गर्दैन । काममा बढी फोकस छ काम कसरि गर्ने भन्नेमा केन्द्रीत हुन्छ ।’
फिल्म शुटिङ्गका दौरानका क्रममा निर्माताहरुले खुलेर श्रोत साधनको प्रयोग गर्ने वातावरण मिलेको उनले बताए, ‘मैले रोजेको कुरा निर्माताबाट आइ नै रहेको छ । फिल्मको शुटिङ्ग लम्बिनुको कारण चाँहि मौसम हो ।’ फिल्मा समावेश ‘चट्ट रुमाल’ वोलको गीत बिगारेको भने दर्शकबाट नै फिल्म युनिटको आलोचना भइरहेको छ । ‘पहिलेको हिट गीतलाई नयाँ ढङ्गले प्रस्तुत गरौँ भन्ने हिसावले रिसर्च गरेर प्लानिङ गरेर यो चाँहि राम्रो हुन्छ भनेर गरिएको हो । तर, दर्शकको मन जित्न सकेन त्यो हामीले मान्नुपर्छ ।
एउटा राम्रो गीतलाई बिगारे भन्ने दर्शकबाट प्रतिक्रिया आइसकेपछि मैल क्षमा मागेको थिएँ ।’ उनले स्मरण गरे । ‘ए मेरो हजुर–३’ सँग प्रतिस्पर्धा गर्दा कतिको चुनौती महशुस गर्नु भएको छ भन्ने जिज्ञासमा उनले भने ‘दुवै फिल्म नेपाली फिल्म बजारमा आशा गरिएका फिल्म छन् । दुवै फिल्म सँगै रिलिज हुदाँको अवस्थामा चुनौती त अवश्य हुन्छ । उहाँहरु भनेको (ए मेरो हजुर–३’) कलाकारका रुपमा, निर्माता तथा निर्देशकको रुपमा धेरै निखारिएको टिम हो । उहाँहरुको स्टार छन् । सलिन भन्दा अनमोल धेरै राम्रो स्टार हो । दर्शकले विषयवस्तुहरुलाई पनि याद गर्छन् । विषयवस्तु के राम्रो छ त्यो अनुसार पनि हुने हो ।’ यसकारण हाम्रो फिल्मको विषयवस्तु राम्रो छ । आशा यसैलाई दर्शकले मन पराउने छन् ।
फिल्ममा नायक सलिनमानलाई मिल्ने क्यारेक्टर अथवा एक नायिकाको साथ भएको भए अझ राम्रो हुन्थ्यो भन्ने कुरा फिल्म बजारमा आइरहेका छन् । फिल्ममा मलिका महत सलिनसँगै देखिएकी छिन् । यस विषयमा उनले भने ‘मलिका क्यारेक्टरमा एकदमै फिट छ । सलिनसँग पनि राम्रो देखिएको छ । उसको कामले बताउँछ कि क्यारेक्टरको हिसावले फिल्ममा कमि छैन ।’ अहिलेको समयमा मैले ‘यात्रा’ मात्र सोचेको छु । ‘यात्रा’ दर्शकहरुले रुचाइदिनु भयो भने फेरि पनि अर्को प्रोजेक्ट लिएर आउँछु । ‘यात्रा’ फ्लप भयो भने संघर्षको समय शुरु हुन्छ । फिल्ममा पनि थोरबहुत राजनीति हुँदो रहेछ । उनले आफ्नो अनुभव सुनाए । ‘ए मेरो हजुर–३’ र ‘यात्रा’ नजुधाउन आग्रह गरेको स्मरण गरे । यहाँ राजनीति पर्खाल बन्दो रहेछ । आग्रह स्वीकार भएन । दुबै फिल्म एकै पटक रिलिज हुने भयो । अब बाँकी दर्शकको हातमा छ ।
यो पनि पढ्नुहोस् : बर्ष २०७५ : अर्बौ लगानी करोड मात्रै आम्दानी, एकै बर्ष ७० करोड घाटा
समीर बलामी/फिल्मी फण्डा । विश्व फिल्मी बजारलाई नियाल्ने हो भने फिल्म व्यापार सुखद् छैन । हरेक देशमा केही प्रतिशत मात्र फिल्महरु हिट भएका हुन्छन् । नेपाल पनि यसबाट अछुटो हुन सक्दैन । विदेशी फिल्मले लगानी सुरक्षित का धेरै बाटाहरु अपनाउँछन् । त्यसैले पुरा घाटाको व्यापार विदेशी फिल्महरुले सामाना गर्नु पदैन । तर, नेपाली फिल्म हिट भएन स्वत निर्माता डुब्ने हुन्छन् । पुर्ण घाटाको सामना गर्नुपर्छ । विदेशी फिल्म र नेपाली फिल्ममा फरक यति हो ।
बर्षेनी नेपालमा दुई सयको हाराहारीमा फिल्महरु निर्माण हुने गरेको छ । तर, यो भने जातिय भाषा सहितको फिल्मको आधारमा हो । मूलधारमा रहेर यो बर्ष १ सय २० भन्दा बढि नेपाली भाषाको फिल्महरु निर्माण भएको छ । विकास बोर्डमा दर्ता भए अनुसार १४१ बढि फिल्महरु दर्ता भईसकेका छन् । यी फिल्महरु आगामी बर्ष वा यहि बर्षको सरोफेरोमा प्रदर्शन हुने हो ।
प्रदर्शनको हिसादले यो बर्ष ९३ वटा फिल्म प्रदर्शन भईसकेका छन् भने ३ वटा फिल्म प्रदर्शन हुन बाँकी छ । बैशाख ७ गते ‘स्वर्ग मेरो गाउँ’ बाट प्रदर्शन यात्रा शुरु भएको थियो भने अहिले फिल्म ‘साइँली’ र ‘शुभलभ’ प्रदर्शन भईरहेको छ । आउँदो शुक्रवार फिल्म ‘लभ स्टेशन’ रिलिज हुदैछ भने चैत्र २९ गते शुक्रवार ‘यात्रा’ र ‘ए मेरो हनुर ३’ रिलिज हुदैछ ।
यस बर्ष ‘स्वर्ग मेरो गाउँ’, ‘मनाङ्गे नानी’, ‘अफिसर’, ‘तिमी हुन्छौं जहाँ जहाँ’, ‘बेबी आई लभ यू’, ‘चोखो माया’, ‘दैलो’ लगायतका नामै नसुनेका फिल्महरु पनि रिलिज भए । यस्तै ‘ड्रिम गर्ल’, ‘अनुराग’, ‘समर लभ’, ‘जानी नजानी’, ‘जय शम्भु’, ‘विराङ्गाना’, ‘बाबु कान्छा’, ‘सुश्री सम्पत्ति’ ‘कोहलपुर एक्सप्रेस’, ‘चंगा चेट’, ‘सुनकेशरी’, लगायतका फिल्महरु रिलिज भए । यस्तै स्टार काष्ट भनिएका ‘रामकहानी, ‘रोज’, ‘इन्टुमिन्टु लण्डनमा’, ‘क्याप्टेन’, ‘कायरा’, ‘प्रसाद’, ‘गोपी’ लगायतका फिल्महरु पनि रिलिज भए । हिट भनिएका ‘जय भोले’, ‘छक्का पञ्जा ३’ ‘नाई नभन्नु ल ५’ लगायत फिल्म पनि रिलिज भए ।
यी सबै फिल्महरु कुनै एक हप्तामा दुई वा ती वटा सम्म रिलिज भएका छन् भने अषाद २९ मा एकसाथ ४ फिल्मसम्म रिलिज भएको थियो । रिलिज भएका र रिलिज हुन बाँकी फिल्म गरेर ९६ फिल्मको अनुमानित लागत १ अर्ब माथी रहेको छ । तर, आम्दानी कति त ? यसको अनुपात र अहिलेसम्मको नेपाली बक्स अफिसको रिपोर्टलाई मध्य नजर गर्दा अनुमानित २५ करोड आम्दानी गरेको छ । केही फिल्मको रिपोर्ट आउने क्रममा रहेको छ । पाँच वटा फिल्मको अनुमानित बक्स अफिस रिपोर्ट पाँच करोड नै राखे पनि यस बर्षको अनुमानित आम्दानी ३० करोड मात्रै पुग्नेछ । लागत खर्च र अनुमानित आयलाई हेर्दा बर्ष २०७५मा नेपाली फिल्म क्षेत्रले ७० करोड नोक्सान व्यहोरेको छ ।
यसरी लागत र आम्दानीको अनुमानीत अंकलाई हेर्ने हो भने लगनीको ३० प्रतिशत मात्र लगानी फिर्ता आएको देखिन्छ । यस अर्थमा ७० प्रतिशत व्यापार घाटामा रहेको छ । ३० प्रतिशत भित्र रहेर नाफामा रहेको फिल्मको संख्या यो बर्ष अहिलेसम्म २ मात्रै रहेको छ । यस्तै सात वटा फिल्म अहिलेसम्म लगानी सुरक्षित नजिकसम्म पुगेका छन् । ८४ फिल्म सुपर फ्लप भएको छ । कुन फिल्मले कति कमायो ? कति र कुन कुन फिल्म सुरक्षित छ ? कुन फिल्म नाफा ? यो प्रसंग र विषयमा फिल्मी फण्डाले अर्को पटक विस्तृत विवरण प्रस्तुत गर्नेछ ।
यो पनि पढ्नुहोस् : २०७५ ले जन्माएकी १२ नायिका, को छन् अगाडी ?
दिपेन्द्र अधिकारी/फिल्मी फण्डा । रजतपटमा बर्ष २०७५मा धेरै कलाकारहरुले पर्दापण गरेका छन् । यस वर्ष नयाँ निर्देशक, निर्माता तथा कलाकारहरु थपिए । नयाँ अनुहारमा कोहीले आफ्नो संम्भावन देखाइसकेका छन् भने कोहीले सिक्ने क्रममा रहेको बताउँदै आएका छन् । आज हामी वर्ष २०७५ मा रजतपटमा भित्रिएका नायिकाहरुको चर्चा गर्दैछौँ ।
उपासना सिंह ठकुरी
फागुन १७ मा प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’बाट रजतपटमा डेब्यु गरेकि नायिका हुन उपासना सिंह ठकुरी । उनलाई डेब्यु फिल्मबाटै संम्भावना बोकेकी नायिकाको रुपमा हेर्न थालिएको छ । उपासनालाई रजतपटको चल्तिको ब्यानर सिनेमा आर्टस्को हिट फिल्म ’कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी ३’ को लागि अफर गरिएको खबर बाहिरिएको थियो ।
सुहाना थापा
स्टार किड हुन् सुहाना थापा । उनी रजतपटकी सफल नायिका तथा निर्देशक झरना थापाकी सुपुत्री हुन् । उनले फिल्म ‘ए मेरो हजुर–३’ बाट रजतपटमा डेब्यु गर्दैछिन् । उनको अपोजिटमा अर्का स्टार किड अनमोल केसी रहेका छन् । लभस्टारी जनराको फिल्म ‘ए मेरो हजुर–३’ चैत २९ बाट प्रदर्शनमा आउदै छ । फिल्मको दुई गीत र ट्रेलर बाहिर आइसकेको छ । ट्रेलरबाट केही आशा भने सुहानाले छोडेकी छिन् ।
शिल्पा मास्के
प्रदर्शनको हिसाबले फिल्म ‘द ब्रेकअप’ मार्फत रजतपटमा पाइला चालेकी हिरोइन हुन् शिल्पा मास्के । त्यसो त यिनले ‘कागजपत्र’ शीर्षकको अर्को फिल्ममा पनि अभिनय गरिसकेकी थिइन् । यसअघि हलिउडको डाक्टर स्ट्रेन्जरमा छोटो भूमिका निर्वाह गरेकी शिल्पाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । यसबीच मास्के तेस्रो फिल्म ‘सानो मन’मा सक्रिय छिन् । रजतपटमा पदार्पण गरेकै वर्ष तीनवटा फिल्ममा अभिनय गर्ने अवसर पाएकी यी अभिनेत्रीलाई सिनेवृत्तमा लामो रेसको घोडाका रूपमा समेत हेर्न थालिएको छ ।
आश्मा गिरी
मंसिर ७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ड्रिम गर्ल’ मार्फत रजतपटमा पाइला चालेकी नायिका हुन् आश्मा गिरी । कोरियोग्राफर गम्भीर विष्टसँग नृत्यको प्रशिक्षण लिने क्रममा उनी फिल्म ‘ड्रिम गर्ल’ मा आबद्ध भएकी हुन् । उक्त फिल्मले औसत व्यवसाय गरे पनि आश्माको अभिनय तथा सुन्दरताले राम्रै प्रशंसा पाएको थियो । युट्युबको वेब सिरिज रङ टाइममा अभिनय गरेर चर्चामा आएकी आश्माले केही म्युजिक भिडियो तथा विज्ञापनमा समेत अभिनय गरेकी छिन् । उनलाई संभावनाको रुपमा हेरिएको छ ।
सुपुस्पा भट्ट
२०७५ मा रजतपटमा भित्रिएकी अर्की नायिका हुन सुपुस्पा भट्ट । सुपुस्पाले पनि फिल्म ‘रणवीर’ मार्फत नै रजतपटमा पाइला चालेकी हुन् । चार्टर एकाउन्टकी विधार्थी भएता पनि उनलाई फिल्ममा आउने रहर थियो । अडिसन मार्फत नै फिल्ममा छनोट भएकी हुन् । सानै देखि फिल्म क्षेत्रमा आउने चाहना पालेकी उनलाई फिल्म ‘रणवीर’लाई फिमेल क्यारेक्टर चाहिएको छ भन्ने थाह पाएपछि अडिसनमा पुगेकी थिइन् ।
प्रियंका एमभी
लामो समयदेखि रजतपटमा अभिनेत्रीका रूपमा पदार्पण गर्ने तयारी गरे पनि प्रियंका एमभीलाई त्यो साइत भने फिल्म ‘क्याप्टेन’मार्फत मात्र जुरेको थियो । एमबीएकी छात्रा प्रियंकाले इन्स्टाग्रामका आफ्ना तस्बिर देखेपछि क्याप्टेन युनिटले आफूसमक्ष अभिनयको प्रस्ताव राखेको प्रियंकाले बताउँदै आएकी छिन् । उनले क्याप्टेनमा आवद्ध भएपछि अभिनयको प्रशिक्षणसमेत लिएकी थिइन् । क्याप्टेनका दुई अभिनेत्री मध्ये प्रियंकाले सहरिया युवतीको भूमिका निर्वाह गरेकी छिन् । प्रियंकालाई पनि रजतपटको संम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।
निरिशा बस्नेत
चैत १ बाट प्रदर्शनमा आएको फिल्म ‘जानी नजानी’ बाट रजटपटमा उदाएकी नयाँ अनुहार निरिशा बस्नेत । उनी निर्देशक विश्व बस्नेतकी छोरी हुन् । मुम्बईलाई समेत कर्मथलो बनाउँदै आएकी निरिशाले हिन्दी धारावाहिक चन्द्रा नन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी निरिशाले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातक गरेकी छिन् । निरिशाले मिस टुरिजम क्विन नेपालको मुख्य उपाधि जितेकी थिइन् ।
सुभेक्षा खड्का
सुभेक्षा खड्का ब्युटी प्याजेन्ट, भिजे, मोडलिङ हुँदै ठूलो पर्दामा प्रवेश गरिन् । सुबेच्छाले सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल समेत हात पारेकी थिइन । उनी माघ १८ बाट प्रदर्शनमा आएको लभ स्टोरी तथा एक्सन मिश्रित फिल्म ‘रणवीर’मार्फत रजतपटमा पाइला चालेकी हुन् । सुभेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ ।
मलिका महत
फिल्म ‘यात्रा’बाट रजतपटमा डेब्यु गर्दै छिन मालिका महत । मालिकालाई उनको इन्स्टाको फोटो हेरेपछि ‘यात्रा अ म्यूजिकल भ्लग’ले फिल्मका लागि छनौट गरेको थियो । फिल्ममा उनले अभिनेता सलिनमान बनियाँसँग स्क्रिन सेयर गरेकी छिन् । फिल्ममा उनी आँखा देख्न नसक्ने एक टुङ्गना बजाउने युवतीको भूमिकामा देखिँदैछिन् । फिल्मका लागि उनले तीन महिना प्रशिक्षकसँग टुङ्गना सिकेकी थिइन् । ट्रेलरबाट नै उनले राम्रो संभावना देखाएकी छिन् ।
करुणा श्रेष्ठ
माघ १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘सयकडा दश’बाट रजतपटमा डेब्यु गरेकी नायिका हुन् करुणा श्रेष्ठ । ‘मिस कलेज २०१२’ को विजेता भएपछि कलाकारिताकमा होमिएकी श्रेष्ठ विज्ञापन, म्युजिक भिडियो अभिनयसहित फिल्ममा होमिएकी उनीसँग टेलिभिजन कार्यक्रम प्रस्तोताको समेत अनुभव छ । फिल्ममा उनी लभरगर्लको रुपमा प्रस्तुत भएकी थिइन् । उनले फिल्मले चिनाउन सहयोग गर्ने विश्वासमा लिएकी थिइन् । तर, फिल्मले राम्रो व्यापार गर्न सकेन
कमला वली
कार्तिक १६ गतेदेखि रिलिज भएको फिल्म ‘मालिका’मार्फत रजतपटमा पाइला चालेकी नव नायिका हुन् कमला वली । बालविवाह लगायतका सामाजिक विकृतिमा केन्द्रित फिल्ममा जाजरकोट भेरी–१ कालेगाउँकी १५ वर्षीया कमला वलीले मुख्य भूमिका निभाएकी थिइन् । फिल्ममा उनले बालविवाह गरेको पात्रको अभिनय गरेकी छन् । जहाँको कथा त्यहीँकै कलाकार खोज्ने क्रममा कमलालाई फिल्ममा अवसर दिइएको फिल्म युनिटले जनाएको छ । कमला फिल्ममा पुन देखा पर्ने संभावना भने न्युन छ ।
कामना भुजेल
असोज १२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छिरिङ’बाट कामना भुजेलले डेब्यु गरेकी थिइन् । फिल्म सफल भने भएन । कलाकार गायक यस कुमारसँग सहकार्यमा फिल्ममा आएकी उनलाई पुन फिल्ममा देखिने हुन् या होईन त्यो पछि नै थाहा होला ।
यो पनि पढ्नुहोस् : कलाकार संघमा व्यर्थको रौनकता, कहिले हुने कलाकारको साझा संस्था ?
समीर बलामी/फिल्मी फण्डा । सन् १९९२ सालमा स्थापना भएको चलचित्र कलाकार संघमा नेतृत्वको फेरबदल भइरह्यो । नतृत्वमा जो आए पनि कलाकार संघलाई एउटा आरोप लाग्ने गरेको छ, कलाकार संघ कलाकारहरुको साझा बन्न सकेन । देशका कलाकारहरुको व्यावसायिक अधिकार र संरक्षणको लागि स्थापित भएको संस्था हो कलाकार संघ । समग्र राष्ट्रका फिल्म कलाकारहरूको व्यावसायिक संस्थालाई चित्रण गरी प्रति रचनात्मक कार्यको लागि संगठन अन्तर्गत व्यावसायिक रूपमा प्रस्तुत गर्दै सम्पूर्ण कलाकारहरुको छाता संगठनको रुपमा स्थापना गरिए पनि संघ न छाता बन्न सकेको छ, न साझा बन्न सकेको छ ।
आगामि चैत्र २३ गते हुने संघको अधिवेशनबाट नयाँ कार्य समितिको अध्यक्षका लागि कलाकार लय संग्रौला, रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेद्वारी घोषणा गरेका छन् । यस्तै अन्य धेरै पदहरुमा पनि उम्मेद्वारी आउने क्रम जारी छ । यसरी एकतर्फी कलाकारहरुले कलाकार संघको आगामी अधिवेशनका लागि उम्मेद्वारी दिईरहँदा लाईम लाईटका कलाकारहरु भने गुमनाम छन् । कलाकार संघको निर्वाचन वारे अहिलेका पुस्ताका कलाकारहरुलाई कमै मात्रामा थाहा होला । कलाकार संघमा सम्पूर्ण कलाकारहरुको रुचि नै छैन वा संघले कलाकारहरुलाई समेट्न नसकेको हो त्यो संघका पदाधिकारीहरुलाई थाहा होला ।
तर, संघको हरेक अधिवेशनमा निर्वाचन हुदाँ न त अहिलेका पुस्ताका कलाकारहरुलाई देख्न सकिन्छ न पुराना चलेका कलाकारहरुलाई देख्न सकिन्छ । राजेश हमाल, जल शाह, विपना थापा, निरुता सिंहलगायत कलाकारहरु संघको निर्वाचनमा सहभागी भएको पाईदैन । यस्तै कलाकार संघ बाट नै आयोजना हुने कार्यक्रमहरुमा समेत यी कलाकारहरुलाई मुश्किलले देख्न सकिन्छ । यस्तै अहिलेका हिट कलाकारहरु अनमोल केसी, प्रदिप खड्का, पल शाह, पुष्प खड्का, प्रियंका कार्की, साम्राज्ञ राज्यलक्ष्मी शाह, पुजा शर्मा, बर्षा राउत, आँचल शर्मा, विपिन कार्की, सौगात मल्ल, निश्चल बस्नेत, दयाहाङ राईलगायत पनि निर्वाचनमा सहभागी भएको देखिदैन ।
समपूर्ण कलाकारहरुको छाता संगठन भनिएको सस्थामा चलन चल्तिका कलाकारहरु सहभागी नहुनुले कलाकार संघ केही खेमाको मात्रै संस्था होकी भन्ने भान भईरहेको छ । यसले संघ सबैको साझा नबेनेको प्रष्ट हुन्छ । यी कलाकारहरुलाई संघले कहिले समाहित गर्ने ? र सबैको साझा कहिले बनाउने ? यसतर्फ संघले सोच्न जरुरी छ । आफ्नो सदस्यलाई सदस्य हुनुको जिम्मेवारीत्व दिने र उनीहरुको संरक्षण तथा प्रवद्र्धन र पेशागत रुपमा समाहित गर्ने हो भने सबै कलाकारहरु सहभागी पक्कै हुने थियो । यसले पनि संघले सबैलाई समाहित गर्न नसकेको प्रष्ट हुन्छ । अबको निर्वाचनमा यी कलाकारहरु सहभागी हुने हो या हैन त्यो अधिवेशनमा थाहा हुनेछ ।
अध्यक्षहरुको प्रथामिकता साझा संस्था हुनुपर्छ
फिल्मक्षेत्रमा प्रवेश गर्ने जो कोही कलाकारहरु संस्था विधान बमोजिम निश्चित मापदण्ड पुरा गरिसकेपछि कलाकार संघमा समाहित हुनुपर्ने हो । सबैले संस्थाको सदस्यता लिनुपर्ने हो । सदस्यता लिएन भने मलाई विभिन्न किसिमका समस्याहरु आउँछन् भन्ने लाग्नु पर्ने हो । तर, बिडम्वना अहिलेका कलाकारहरुमा त्यो भावना छदैँ छै्रन । उल्टो कलाकार संघले के काम गर्छ र ? भन्नेहरुको बाक्लो उपस्थिती छ नेपाली फिल्म क्षेत्रमा । कलाकार संघको अधिवेशन लगायत अन्य कुनै पनि कार्यक्रमहरुमा चलन चल्तिका कलाकारहरु उपस्थिती नरहनु मूख्य समस्या हो ।
यो समस्याको वारेमा अध्ययन गरि सबै कलाकारहरुबीच समन्वय तथा बहस र छलफल गरि समाधान गर्नुपर्ने चूनौती अबका अध्यक्षहरुमा देखिएको छ । कलाकारहरुले कलाकार संघको सदस्यता किन नलिएका हुन् ? सदस्यता लिएर पनि कलाकार संघको कार्यक्रमहरुमा सहभागी हुन नसक्नुको कारण के हो ? भन्ने अध्ययन संघको लागि प्रमूख प्रथामिकता हुने पर्ने छ । अन्यथा यो संघ सदा झै संस्थाकै रुपमा सिमित हुने र एक खालका कलाकारहरुको मात्र संघ हुनेमा कुनै शंका छैन ।
अहिले अध्यक्षका लागि औपचारिक रुपमै तीन जनाले उम्मेद्वारी दिएका छन् । महासचिव सरिता लामिछाने, बरिष्ठ कलाकारद्धय रविन्द्र खड्का र लय संग्रौलाले उम्मेद्वारी दिएका हुन् । उम्मेद्वारी दिएका तीनै जनाले कलाकार संघको लागि नेतृत्वदायी भुमिका खेल्ने भनेका छन् । तर, तीनै जनाले कलाकारहरुको साझा संस्था बनाउँछु, नयाँ पुराना सबैलाई सहभागी गराउँछु भन्ने खालका कुनै प्रतिवद्धता व्यक्त गर्न सकेका छैनन् । यस कारण अबका दिनमा पनि कलाकार संघ सबैको साझा हुनेमा शंका रहन्छ । अहिले संस्थाको कार्यबाहक अध्यक्षमा सानु ताम्राकार छन् । अभ्यक्ष रामकेशर बोगटीको असमायिक निधन पछि बरिष्ठ उपाध्यक्ष ताम्राकारलाई कार्यबहाक अध्यक्ष बनाईएको हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस