साम्राज्ञीलाई लैजाने सुरमा पुष्प (गीत)

0 38

फिल्मी फण्डा ।  फिल्म “मारुनी”को  “जाम्न माया जाम”  बोलको गीत सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको उक्त गीत सार्वजनिक गरेका हुन् । गायक दिपक बज्रचार्यको स्वर तथा संगीत रहेको उक्त गीतमा रिकि शाक्यको शब्द रहेको छ भने मोहित मुनालको एरेंज रहेको छ । उक्त डान्सिङ गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई फिर्चड गरिएको छ । माया प्रेमका भाव समावेश गरिएको उक्त गीतमा मायालुलाई जानका लागी आग्रह गरिएको छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको अभिनय रहेको उक्त गीतमा उनीहरुलाई सय बढी कोरसले साथ दिएका छन् । गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई रोमान्टिक तथा डान्सिङ मुडमा देख्न सकिन्छ । गीतको भिडियोमा उनीहरुलाई कम्मर मर्काउँदै देख्न सकिन्छ भने पुष्पले साम्राज्ञीलाई फकाउँदै गरेका छन् । केहि दिन अघि फिल्मको फस्टलुक सार्वजनिक भएको थियो भने अहिले फिल्मको गीत सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक फस्टलुक पोष्टरलाई रुचाइएको छ ।

फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्पल खड्का, सम्पदा बानियाँ, रेविका गुरुङ , सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ लगायतका कलाकारहरुको अभिनय रहेको छ । गतबर्षको असोजमा फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्षपछि ‘मारुनी’ फिल्ममा देखिदैछिन् । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको भनिएको छ । फिल्ममा नवल नेपालको निर्देशन रहेको छ भने राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री फिल्मका सह–निर्माता हुन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ भने संजय लामाको छायाँकन रहेको छ । फिल्म भदौ १३ मा रिलिज हुँदै छ ।

यो पनि पढ्नुहोस् :  ‘प्रेम दिवस’को “माया गर्छु तिमीलाई” (गीत)

फिल्मी फण्डा ।  फिल्म “प्रेम दिवस” को  “माया गर्छु तिमीलाई”  बोलको गीत सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र गायक सुरेश लामाको शब्द रहेको उक्त गीतमा डा.कृष्ण हरि बरालको शब्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ ।  मायाा प्रेमका भाव समावेश गरिएको उक्त गीतमा दुई प्रेमीको मनको भाव समावेश गरिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की र बिशाल खरेललाई फिर्चड गरिएको छ । भिडियोमा प्रियंका कार्की र बिशाल खरेललाई एक माया गर्ने जोडीको रुपमा देख्न सकिन्छ भने रोमान्टिक बन्दै देख्न सकिन्छ ।

केहि समय अघि फिल्मको ट्रेलर , शिर्ष गीत तथा ‘तिम्रो छेउ सरुँकी म’ र ‘बरु अर्को जुनी’ बोलको गीतहरु सार्वजनिक भएको थियो भने अहिले माया गर्छु तिमीलाई बोलको गीत सार्वजनिक भएको छ । फिल्मका सार्वजनिक गीतहरु र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशी र बिशाल खरेलको मुख्य भूमिका रहेको छ । विशाल खरेलले यो फिल्मबाट डेब्यू गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म “प्रेम दिवस” मा वास्तविक जीवनमा प्रेममा रहेका नायिका प्रियंका कार्की र नायक आयुषमान जोशीलाई प्रेमीको रुपमा देख्न सकिन्छ ।

फिल्ममा सञ्जय न्यौपानेको लगानी रहेको छ । निर्देशक योगेश घिमिरे निर्देशित प्रेम दिवस फिल्ममा दीप भारद्धाजको कथा, पटकथा तथा संवाद, बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत, मानकृष्ण महर्जनको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र बनिष शाहको सम्पादन रहेको छ । फिल्म आगामी जेष्ठ ३१ गतेबाट अल नेपाल रिलिज हुँदै छ।

यो पनि पढ्नुहोस् :  “किर्तिपुर”को प्रोमो सार्वजनिक (प्रोमो)

फिल्मी फण्डा ।  फिल्म “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मीको प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान गरेका कार्यलाई देखाइएको छ । उक्त प्रोमोमा फिल्मका मुख्य कलाकारहरुलाई फिर्चड गरिएको छ भने कलाकारहरुलाई फरक लुक्समा देख्न सकिन्छ । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली फिल्म “किर्तिपुर”द लिजेण्ड अफ किर्तीलक्ष्मीलाई यूनिभर्सल सर्टिफिकेट दिइएको छ ।

‘कीर्तिपुर’ विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वसगको समन्वयमा निर्माण गरिएको फिल्म हो । फिल्ममा एसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनीराज लावत, सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मी लगायतका कलाकारको अभिनय रहेको छ । प्रदीप खड्कीको निर्देशनमा तयार भएको फिल्म ‘किर्तिपुर’ द लिजेण्ड अफ किर्तीलक्ष्मी बासु पासा श्रेष्ठको ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित फिल्म हो ।

फिल्ममा निर्देशक खड्कीको संवाद रहेको छ । फिल्ममा बिरेन्द्र ताम्राकार, प्रेम खड्गी र अनन्त श्रेष्ठ निर्माताको रुपमा रहेका छन् । फिल्ममा शंकर महर्जन र नविन जोशीको छायाँकन रहेको छ । फिल्म असार १३ गतेबाट रिलिज हुँदै छ ।

यो पनि पढ्नुहोस् :  हरर फिल्म “घर”को ट्रेलर सार्वजनिक (ट्रेलर)

ल्मी फण्डा ।  हरर कथामा निर्माण भएको फिल्म “घर” को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायिका सुरक्षा पन्तलाई फरक लुक्स तथा फरक फरक अवतारमा देख्न सकिन्छ । ट्रेलरमा सुरक्षालाई एक साधारण संस्कारी विवाहित युवतीको रुपमा देखाइएको छ भने उनी गर्भवती छिन् । यसका साथै उनलाई डरलाग्दो रुपमा तथा अनौठो गतिबिधी गर्दै देख्न सकिन्छ । फिल्ममा सुरक्षा पन्त अर्पणकी श्रीमतीको भूमिकामा देखिदैछिन् ।

फिल्ममा अर्पण थापासँगै बेनिशा हमाल, सुरक्षा पन्त, अस्मिता खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । एउटा ‘घर’ भित्र हुने घटनालाई प्रस्तुत गरिएको फिल्मलाई अर्पण थापाले लेखेन तथा निर्देशन गरेका हुन् । उनले यसअघि हरर जनराकै फिल्म ‘सुनकेशरी’ बनाएका थिए । फिल्मलाई ‘लभ लभ लभ’ र ‘चंगा चेट’ निर्माण गरिसकेकी शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।

फिल्ममा निरज कँडेलको छायाँकन रहेको छ भने फिल्ममा सह निर्मातामा सन्तोष अधिकारी रहेका छन् । केहि समय अघि फिल्मको फस्टलुक पोष्टर सार्वजनिक भएको थियो भने अहिले फिल्मको ट्रेलर सार्वजनिक भएको छ । २० दिनमा छायांकन सकिएको फिल्म काठमाण्डौका विभिन्न स्थानमा छायांकन गरिएको छ । फिल्म साउन ३ बाट रिलिज हुँदै छ ।

यो पनि पढ्नुहोस् :  “जाइरा”को टीजरमा नम्रताको एक्शन अवतार (टीजर)

 

फिल्मी फण्डा ।  कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको फिल्म  “जाइरा”को टीजर सार्वजनिक भएको छ । फिल्म युनिटले बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको उक्त टीजर सार्वजनिक गरेका हुन् । सार्वजनिक टीजरमा नायिका नम्रता श्रेष्ठ फरक लुक्समा देखिएकी छिन् भने उनलाई खेलाडीको रुपमा देख्न सकिन्छ । फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।

फिल्ममा नायिका नम्रता श्रेष्ठ , नायक अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ , नव कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छिन् । फिल्ममा नम्रताको साथमा नव नायिका श्रृजना रेग्मी पनि खेलाडीको रुपमा रहेकी छिन् भने नव नायक सम्राट मगर नम्रताको कोचको भूमिकामा रहेका छन् ।

फिल्ममा  निर्देशक आशुतोष राज  श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको छ भने फिल्मका कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् । फिल्ममा लोकेश बज्राचार्यको सम्पादन रहेको छ भने कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको छ । फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन , शव थापाको नृत्य निर्देशन र बाबु श्रेष्ठको डि.ओ.पी रहेको छ । फिल्मको प्रमोशन ब्यवस्थापक सुम्निमा देवान हुन् । फिल्म आगामी भदौ ६ गतेबाट रिलिज हुँदै छ ।

यो पनि पढ्नुहोस् : “झट्का”को ट्रेलर सार्बजनिक (ट्रेलर)

फिल्मी फण्डा ।  फिल्म “झट्का”को ट्रेलर सार्बजनिक भएको छ । सार्बजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई फिर्चड गरिएको छ । सार्बजनिक ट्रेलरमा सुरविर पण्डितलाई फरक अवतारमा देख्न सकिन्छ । फिल्मलाई रमेश बिसुङ्खेले निर्देशन गरेको हुन। फिल्मका निर्माता तुलसी लाल नेवा रहेका छन् भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् ।

फिल्ममा सुरविर पण्डित , श्याम लाल श्रेष्ठ , रक्षा गुरागाइँ ईश्वर , गुरुङ मनिता श्रेष्ठ , उमेश बिसुङ्खे , हिक्मत कुवँर , प्रदिप काफ्ले लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा पुरुषोत्तम न्यौपानेको संगित, सुरेश पाण्डे र कृष्ण ब्लोनको कोरियोग्राफी रहेको छ । फिल्ममा जिवन पराजुलीको छायाँकन रहेको छ भने रमेश बिसुङ्खेको लेखन रहेको छ ।

समय सामयिक बिषय बस्तुमा आधारित फिल्ममा सुरज श्रेष्ठको द्वन्द रहेको छ भने रमेश बिसुङ्खेको संपादन रहेको छ । फिल्म जेठ ३१ गतेबाट रिलिज हुँदै छ ।

यो पनि पढ्नुहोस् : “लभ फीवर”को ट्रेलर सार्वजनिक (ट्रेलर)

फिल्मी फण्डा ।  वेव सिरिज  “लभ फीवर”को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा युवापुस्तामा हुने प्रेम र बिछोडलाई देखाइएको छ । सार्वजनिक ट्रेलरमा सिरिजका मुख्य कलाकारहरुलाई फिर्चड गरिएको छ । वेव सिरिज लभ फीवरमा रिया क्षेत्री , सचिन अधिकारी , प्रकाश बुढाथोकि , आयुष्मा भट्ट , सुजन ढकाल , पवन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

‘कसले चोर्यो मेरो मन’ , ‘हमेशा’ , ‘काली’ जस्ता फिल्म निर्देशन गरेका निर्देशक सविर श्रेष्ठले लभ फीवर वेव सिरिज निर्देशन गरेका छन् । उक्त सिरिजमा ‘रुद्रप्रीया’, ‘राज्जा रानी’ जस्ता फिल्म निर्माण गरीसकेका निर्माता रमेश एमके पौडेल र एमिली लामाको लगानी रहेको छ । आजभोलि वेव सिरिजहरुले दर्शकको मन जिति रहेका छन् । यहि क्रममा लभ फीवर पनि निर्माण भएको छ ।

यो पनि पढ्नुहोस् :  ‘किर्तिपुर’को “म मरे भने” (गीत)

फिल्मी फण्डा ।  फिल्म ‘किर्तिपुर’ द लिजेण्ड अफ किर्तीलक्ष्मीको  “म मरे भने”  बोलको गीत सार्वजनिक भएको छ । सतिश महर्जनको स्वर रहेको उक्त गीतमा सुशिल राज उपाध्यायको शब्द रहेको छ भने हरिशरण श्यामीको एरेंज रहेको छ । गीतमा आफु मरे पनि धेरै सपुतको जन्म हुने र आखिरमा हाम्रै बिजय हुने भाव समावेश गरिएको छ । उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरुलाई फिर्चड गरिएको छ ।

फिल्ममा एसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनीराज लावत, सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मी लगायतका कलाकारको अभिनय रहेको छ ।प्रदीप खड्कीको निर्देशनमा तयार भएको फिल्म ‘किर्तिपुर’ द लिजेण्ड अफ किर्तीलक्ष्मी बासु पासा श्रेष्ठको उपन्यासमा आधारित फिल्म हो । फिल्ममा निर्देशक खड्कीको संवाद रहेको छ । फिल्ममा बिरेन्द्र ताम्राकार, प्रेम खड्गी र अनन्त श्रेष्ठ निर्माताको रुपमा रहेका छन् । फिल्म असार १३ गतेबाट रिलिज हुँदै छ ।

यो पनि पढ्नुहोस् : “प्रेम दिवस” को शिर्ष गीत सार्वजनिक (गीत)

फिल्मी फण्डा ।  फिल्म “प्रेम दिवस” को शिर्ष गीत सार्वजनिक भएको छ । उक्त गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सुरज तामाङ र शैलु आरएल सिंहको स्वर रहेको उक्त गीतमा सन्तोष पोखरेलको शब्द , करण राज कार्कीको संगीत र बिजेश्वर टेन्दुलकर र देवेश राईको एरेंज रहेको छ । मायाा प्रेमका कुरा गरिएको उक्त गीतमा एक माया गर्ने जोडीको भाव समावेश गरिएको छ ।

केहि समय अघि फिल्मको ट्रेलर , ‘तिम्रो छेउ सरुँकी म’ र ‘बरु अर्को जुनी’ बोलको गीतहरु सार्वजनिक भएको थियो भने अहिले फिल्मको शिर्ष गीत सार्वजनिक भएको छ । फिल्मका गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा वास्तविक जीवनमा प्रेममा रहेका प्रियंका कार्की र आयुषमान जोशीलाई फिल्ममा पनि प्रेमीको रुपमा देख्न सकिन्छ । म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र बिशाल खरेलको मुख्य भूमिका रहेको छ । विशाल खरेलले यो फिल्मबाट डेब्यू गर्दैछन् ।

निर्देशक योगेश घिमिरे निर्देशित प्रेम दिवस फिल्ममा दीप भारद्धाजको कथा, पटकथा तथा संवाद, बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत, मानकृष्ण महर्जनको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र बनिष शाहको सम्पादन रहेको छ । फिल्ममा सञ्जय न्यौपानेको लगानी रहेको छ । फिल्म आगामी जेष्ठ ३१ गतेबाट अल नेपाल रिलिज हुँदै छ।

 

Similar articles

Leave a reply

Your email address will not be published. Required fields are marked *

Contact Us

  • Balami Film Entertainment Pvt. Ltd.
  • Address: Balaju-16, Kathmandu
  • Phone:01-4420813
  • Email: filmyfandatv@gmail.com

Our Team

  • Managing Director: Kabita Balami
  • Editor-In-Chief: Sameer Balami
  • Editor: Maheshwor Tamang
  • Sub Editor: Shyam Sundar Pudasaini
  • Photo/Video: Sanchu Thokar Lama
  • Website/Graphic: Ram Panta

Follow Us on Twitter

Like Us on Facebook

Subscribe Filmy Fanda TV

Follow Us on Google+