‘बाल सदभावना दुत’ प्रितम आचार्य

0 20

फिल्मी फण्डा ।  भारतको चर्चित टेलिभिजन रियालिटी शो हो ‘सारेगमपा लिटल च्याम्प्स’ मा सहभागीता जनाइ २० हजारभन्दा बढि प्रतिभाहरूलाई उछिन्दै नेपालका प्रितम आचार्य तेस्रो भएका थिए । २०६५ जेठ १० मा जन्मिएका प्रितम आचार्य सोमबार काँकरभिट्टा नाका हुँदै स्वेदश फर्किएका थिए भने उनलाई बाजा गाजा सहित भव्य स्वागत गरिएको भियो । इटहरी उपमहानगरले प्रितम आर्चायलाई बाल सदभावना दुत घोषणा गरेको छ ।

एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले उनलाई बाल सदभावना दुत घोषणा गरिएको पत्र प्रदान गर्नुभयो । साथै प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले उनलाई माला र टोपी लगाइदिएर सम्मान गर्नुभयो भने कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिनुभयो । बालसदभावना दुत घोषणा कार्यक्रममा प्रितमले देशले रगतमागे मलाई वलि चढाउ बोलको चर्चित गीत गाएका थिए ।

यो पनि पढ्नुहोस् : बिमला बनिन् “मिसेस मंगोल नेपाल २०१९”

फिल्मी फण्डा ।  एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिसेस मंगोल नेपाल २०१९’ सम्पन्न भएको छ । १३ प्रतिस्पर्धीहरुलाई उछिन्दै ‘मिसेस मंगोल नेपाल २०१९’को ताज बिमला पाइजाले जितेकी छिन् भने बेस्ट ट्यालेन्टको उपाधी पनि बिमलाले नै जितिन् । बिजेता बिमला पाइजालाई ‘मिसेस मंगोल नेपाल २०१८’की विजेता धनमाया मगरले ताज पहिराइदिइन् । मंगलबार जमलको राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस मंगोल नेपाल २०१९’को फस्ट रनरअपको उपाधी शान्ति तामाङले जित्न सफल भइन् भने सेकेन्ड रनरअपको उपाधी प्रतिमा तामाङले आफ्नो पोल्टामा पारिन् ।

प्रतियोगीतामा निर्णायक मण्डलमा चर्चित कोरियोग्राफर कला सुुब्बा, नृत्य निर्देशक गोबिन्द राई, अभिनेत्री रेखा फागो लिम्बु र ब्युटिसियन गौरा राई रहेका थिए । विजेताले ताज, ट्रफि र प्रमाणपत्र पाएका थिए । ‘मिसेस मंगोल नेपाल २०१९’को प्रतिस्पर्धीहरुलाई कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसियल कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । बिवाहित मंगोलियन समुदायका महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस मंगोल नेपाल २०१९’ को सबटाइटलमा क्रमश बेस्ट फोटोजेनिक अप्सरा श्रेष्ठ गुरुङ, बेस्ट कम्प्लेक्सन सर्मिला मोक्तान, बेस्ट स्किन शोभिात राई, बेस्ट डिसिप्लेन मिस्मा कुमारी मोक्तान, बेस्ट पर्सनालिटि पनिता राई, बेस्ट स्माइल प्रतिमा तामाङ, बेस्ट क्याटवाक पुजा गुरुङले जितेकी छिन् ।

 

त्यस्तै सबटाइटलमा   क्रमशः बेस्ट कन्फिडेन्ट बिष्णु तामाङ, मोस्ट इन्टेलिजेन्ट शान्ति तामाङ, मोस्ट चार्मिङ पन्चिमाया शाक्य, मोस्ट एक्टिभ निता प्रधान, मोस्ट स्मार्ट कुसुम थापा, मोस्ट पपुलर शोभिात राई, बेस्ट ड्रेस शोभिता राई र पव्लिक च्वाइज बिष्णु तामाङले सबटाइटल अन्र्तगत जितेका छन् । विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, अफिसिय कोरियोग्राफर हिमानी सुब्बा, जजहरुले प्रदान गरेका थिए ।

यो पनि पढ्नुहोस् : कबिता ढकाल बनिन् ‘मिसेस आर्यन नेपाल २०१९’

फिल्मी फण्डा ।  ‘मिसेस आर्यन नेपाल २०१९’ सम्पन्न भएको छ । ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कबिता ढकालले जितेकी छिन् । पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधा पनि कबिताले आफ्नो पोल्टामा पारिन् । कबिता ढकाललाई पुर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराइदिइन् । फस्ट रनरअपको उपाधी स्र्पाकल पुरीले जितिन् भने सेकेन्ड रनरअपको उपाधी सिमा थापाले उचालिन् ।

प्रतियोगीतामा निर्णायक मण्डलमा पुर्व मिस नेपाल सुगारिका केसी, सुभ आचार्य र निशु महर्जन रहेका थिए । । विजेताले ताज, ट्रफि र प्रमाणपत्र पाएका थिए । एमाजोन इन्टरटेन्मेन्टले बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले ‘मिसेस आर्यन नेपाल २०१९’ आयोजना गरेको हो । ‘मिसेस आर्यन नेपाल २०१९’ बेस्ट ट्यालेन्ट सिमा थापा खड्का, बेस्ट फोटोजेनिक स्र्पाकल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पुजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पुजा रानी गैरे र बेस्ट ड्रेस स्र्पाकल पुरीले सबटाइटल अन्र्तगत जितेका छन् ।

‘मिसेस आर्यन नेपाल २०१९’को प्रतिस्पर्धीहरुलाई कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, अफिसिय कोरियोग्राफर हिमानी सुब्बा, जजहरु, अफिसियल फोटोग्राफर विशाल राइले प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

यो पनि पढ्नुहोस् : ‘एसइइ फेशनिष्ट’ सम्पन्न

फिल्मी फण्डा ।  न्यु राइज इन्टरप्राइभेट लिमीटेडको आयोजनामा रहेको  “एसइइ फेशनिष्ट” कार्यक्रम सम्पन्न भएको छ । विगत दुइ वर्षदेखि आयोजना हुदै आएको उक्त कार्यक्रम काठमान्डौमा सम्पन्न भएको छ । यस वर्ष एसइइ फेशनिष्ट आइकन नेपालको उपाधि ऐश्वर्या क्षेत्रीले जितेकी छिन् । लिटिल फेशनिष्ट आइकन नेपालको उपाधि अरान्जल, क्रिपाल र समिक्षाले जित्न सफल भएका छन् ।

त्यस्तै फस्ट रनर अप सुजता र अवाशिष श्रेष्ठ भए भने सर्वाधिक चर्चित मिस पपुलर सिर्जन गोले र स्वस्तीका भुजेल भएका छन् । बालबालिकाहरुको सिजर्नात्मक आत्मविश्वास तथा व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना हुँदै आएको हो ।

यो पनि पढ्नुहोस् :  ‘एसईई मोडल हन्ट २०१९’ सम्पन्न

फिल्मी फण्डा ।  डिएम इन्टरटेनमेन्टको आयोजनामा रहेको ‘एसईई मोडल हन्ट २०१९’ सम्पन्न भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा मंगलबार सम्पन्न भएको उक्त प्रतियोगितामा युनिका पाठक र समिर तामाङ बिजेता चुनिएका छन् । युनिकाले १० र समिरले १५ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि हात पारेका हुन् । उक्त प्रतियोगितामा युनिका फोटो जेनिक र मिस पपुलर उपाधि सहित छात्रा तथा समिर मिस्टर मल्टिमिडिया र मिस्टर इस्टाइलिस सहित छात्र तर्फको विजेता घोषित भएका हुन् । बिजेताले उपाधिका साथमा ब्रिजवाटर इन्टरनेशनल कलेजबाट प्लस २ अध्यायनका लागि सतप्रतिसत स्कलरसिप, बज्र नानिताज फिटनेश सेन्टरबाट ५० हजार बराबरको फिटनेश सुबिधाको अलवा बिभिन्न गिफ्ट समेत पाएका छन् ।

छात्रा तर्फ एलिसा पौडेल र अन्जिता छन्त्याल क्रमश फष्ट रनर अफ र सेकेन्ड रनर अफ घोषित भए भने छात्र तर्फ अटिट महर्जन र आर्यमान राजभण्डारी क्रमश फष्ट रनर अफ र सेकेन्ड रनर अफ हुन सफल भए । सबै बिजेताले अध्यायनका लागि स्कलरसिप लगायत बिभिन्न उपहार जितेका थिए । प्रतियोगीतामा अभिनेता अनुप बिक्रम शाही, मोडल रोमल शाही, म्यानहन्ट इन्टरनेशल २०१८ बिजेता धुर्व बुढाथोकी, फेसन कोरियोग्राफर संन्जय रौनियार निणार्यका रहेका थिए ।

 

एसएलसी दिएर बिभिन्न क्षेत्रमा करियर बनाउने सोचमा रहेका र मोडलिङमा भबिश्य खोज्न चाँहनेहरुका लागि मध्यनजर गरेर आयोजित उक्त प्रतियोगीताको मुख्य आकर्षण धनलाल तामाङ थिए उनले प्रतियोगीतामा मिष्टर ह्याण्डसम र मिष्टर पपुलरको उपाधी जिते । बिभिन्न सांगीतिक कार्यक्रम सहित सम्पन्न प्रतियोगितामा आधा दर्जन बिधामा बिजेता छानिएको थिए । सहभागीलाई समाजको जुनै क्षेत्रमा पनि सजिलै स्थापित हुन सक्ने बनाउनु मुख्य उदेश्य रहेको प्रतियोगिताको कोरियोग्राफर सनिस शाक्य रहेका थिए ।

यो पनि पढ्नुहोस् : एमी कर्माचार्य भइन् ‘द सुपर मम’

फिल्मी फण्डा ।  केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिले संयुक्त रुपमा आयोजना गरेको ‘द सुपर मम’ सम्पन्न भएको छ । राजधानीको प्रज्ञा भवनमा आयोजना भएको उक्त प्रतियोगिताको बिजेता भक्तपुर निबासी एमी कर्माचार्य बन्न सफल भईन । १६ जना प्रतिश्प्रधिहरुले भाग लिएका उक्त प्रतियोगिता अन्य १५ प्रतिश्प्रधिहरुलाई उछिन्दै उनले उक्त बिजेताको ताज जित्न सफल भएकी थिइन् ।

 

त्यसैगरी फर्स्ट रनरअप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राई भएका थिए । प्रतियोगितामा ‘द सुपर मम’ले ताज सहित स्कुटी, दोस्रोले हुनेले ४३ इन्चको टेलिभिजन र तेस्रो हुनेले वासिङ मेसिन प्राप्त गरेका थिए ।उक्त प्रतियोगितामा उधोगपति साहित्यकार बसन्त चौधरी रहेका थिए भने निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सन्ध्या पहाडी, बिशाल पहाडी र भुषण श्रेष्ठ रहेका थिए ।

द सुपर ममको प्रतियोगिताका लागि भाग लिएका प्रतियोगीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएर उनीहरुलाई अन्तिम प्रतिश्प्रधामा उतारिएको थियो मोडल कोरियोग्राफर ट्रेनर उरुषा जोशी द्वारा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको थियो । विवाह गर्नु र बच्चा जन्माउनु जीवनको अन्त्य होइन यो त सुन्दर सुरुवात हो । आउँनुहोस् हामी मञ्चमा उभिएर सुपर आमा बनेर देखाउँ भन्ने उद्देश्यले यो प्रतियोगिता गरिएको हो

Similar articles

Leave a reply

Your email address will not be published. Required fields are marked *

Contact Us

  • Balami Film Entertainment Pvt. Ltd.
  • Address: Balaju-16, Kathmandu
  • Phone:01-4420813
  • Email: filmyfandatv@gmail.com

Our Team

  • Managing Director: Kabita Balami
  • Editor-In-Chief: Sameer Balami
  • Editor: Maheshwor Tamang
  • Sub Editor: Shyam Sundar Pudasaini
  • Photo/Video: Sanchu Thokar Lama
  • Website/Graphic: Ram Panta

Follow Us on Twitter

Like Us on Facebook

Subscribe Filmy Fanda TV

Follow Us on Google+