सुर्यवंशीको नयाँ रिलिज डेट सार्वजनिक

0 49

फिल्मी फण्डा ।  रोहित शेट्टी द्वारा निर्देशित फिल्म सुर्यवंशीको नयाँ रिलिज डेट फाईनल भएको छ । नायक सलमान खानले आफ्नो अफिसियल ट्वीटर एकाउन्टमा पोष्ट गर्दै रोहित शेट्टीको फिल्म सूर्यवंशी १७ मार्च २०२० मा रिलिज हुने घोषणा गरेको हो ।

यस अघि फिल्म २०२० को इदमा रिलिज हुने भनिएको थियो । जुन संजय लीला भन्साली निर्देशित फिल्म इंशाअल्लाहसँग क्ल्याश हुने थियो । फिल्म इंशाअल्लाहमा सलमान खान र आलिया भट्टको अभिनय रहेको छ । फिल्म इंशाअल्लाह आफ्नो रिलिज डेट भन्दा करिब २ महिना अघि नै रिलिज हुन लागेको हो ।

यो पनि पढ्नुहोस् :  ट्रोलको शिकारमा सुहाना

फिल्मी फण्डा ।  बलिउडमा स्टार किडहरुको निकै चर्चा हुने गर्छ । यस्तैमा बलिउडका बादशाह कहलिने नायक शाहरुख खानको छोरी सुहानाको नाचिरहेको एक भिडियो अहिले सामाजिक सञ्जालमा एकाएक भाइरल भएको छ ।

भिडीयोको अहिले सामाजिक सञ्जालमा निकै ट्रोल बनिरहेको छ । भिडीयोमा उनलाई सिल्भर कलरको ड्रेसमा निकै स्टाइलिस र ग्ल्यामरस देखिएको छ । उनको प्राय फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको हुन्छ ।

यो पनि पढ्नुहोस् : ‘द एक्स्ट्रा अडिनरी जर्नी अफ फकिर’ को “मदारी” (गीत)

फिल्मी फण्डा ।  फिल्म ‘द एक्स्ट्रा अडिनरी जर्नी अफ फकिर’ को  “मदारी”  बोलको गीत सार्वजनिक भएको छ । भिसाल दडलानी र बिकिता गान्धीको स्वर रहेको उक्त गीतमा अनभित दत्तको शब्द रहेको छ भने अमित त्रिभेदीको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धनुषलाई फिर्चड गरिएको छ । गीतको भिडियोमा धनुषलाई नृत्य गर्दै देख्न सकिन्छ ।

दक्षिण भारतीय फिल्म स्टार धनुष अभिनित उक्त फिल्म रोमनको ‘पुर्टोलस्’ नामक चर्चित पुस्तकमा आधारित रहेको छ । पेरिस यात्रामा रहेको एक भारतीय जादुगरको वरिपरि घुमेको फिल्मको निर्देशन केन स्कार्टले गरेका हुन् । फिल्ममा धनुषका अलवा बेर्निस बेजो, आयन मोरार्टी, बार्काड अब्दी, बेन मिलर, जेरार्ड जुनौट, अर्मुत सन्त, हार्दिक सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस् :  एकसाथ देखिँदै अक्षय कुमार र कार्तिक आर्यन

फिल्मी फण्डा ।  सन् २००७ को सफल फिल्म “भूल भुलैया” को सिक्वल बन्ने भएको छ । नायक अक्षय कुमार र नायिका विद्या बालनको अभिनय रहेको उक्त फिल्मको सिक्वल भूषण कुमारले निर्माण गर्न लागेका हुन् । मणिचित्रीथुको रिमेक फिल्म भूल भुलैयाको निर्देशन प्रियदर्शनले गरेका थिए । उक्त फिल्ममा नायक अक्षय कुमार र नायिका विद्या बालनको साथ शाइनी आहूजा, अमीषा पटेल, राजपाल यादव र परेश रावलको अभिनय रहेको थियो भने “भूल भुलैया” को सिक्वलमा अभिनेता अक्षय कुमारसँगै बलिउडका ह्यान्डसम अभिनेता कार्तिक आर्यन देखिने सम्भावना प्रवल रहेको छ ।

‘भूल भुलैया २’ का मेकर्सले उक्त फिल्मका लागि उनको नाम फाइनल गरेका छन् । कार्तिकले हालै ‘भूल भुलैया २’ का निर्मातासँग भेट गरेका छन् र उनलाई फिल्मको आइडिया मन परेको छ । फिल्मको सिक्वल फरहाद सामजीले निर्देशन र लेखन गर्नेछन् ।हाल उनी फिल्म ‘लभ आज कल’ को दोस्रो पार्ट ‘लभ आज कल २’ मा व्यस्त रहेका छन् । यसमा उनको अपोजिटमा अभिनेत्री सारा अली खान देखिँदैछिन् ।

यो पनि पढ्नुहोस् : कलाकार गिरीश कर्नाडको निधन

फिल्मी फण्डा ।  वरिष्ठ कलाकार गिरीश कर्नाडको सोमबार निधन भएको छ । सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका उनको निधन ८१ वर्षमा बेङ्ग्लोरमा भएको हो । उनलाई लेखक, अभिनेता, फिल्म निर्देशक तथा नाटककारका रूपमा पनि चिनिन्छ ।

उनले पछिल्लो समय एक था टाइगर र टाइगर जिन्दा हे जस्ता फिल्महरुमा काम गरेका थिए । उनलाई हिन्दीका अलावा कन्नड तथा अंग्रेजी भाषामा विशेष अनुभव थियो ।

यो पनि पढ्नुहोस् :  फास्ट एन्ड फ्युरियस–९ मा जोन सिना

फिल्मी फण्डा ।  डब्ल्युडब्ल्युइका सुपरस्टार जोन सिना फिल्म फास्ट एन्ड फ्युरियस–९ मा देखिने भएको छ । यस अघि फिल्म खेलिसकेका जोन सिनाले ४२ वर्षीय विनी डिसेलसँग यस फिल्ममा पर्दा शेयर गर्ने भएको हो । अब भने उनी फास्ट एन्ड फ्युरियस–९ मा देखिने भएको हो ।

जोन सिनाले आफ्नो ट्विटर एकाउन्टमा पोस्ट गर्दै आफू यस फिल्ममा हुने अफिसियल घोषणा गरेका हुन् । युनिभर्सल पिक्चर्सको ब्यानरमा निर्माण हुने यस फिल्मलाई जस्टिन लिनले निर्देशन गर्दैछन् । फिल्म २०२० मे मा रिलिज हुने छ ।

यो पनि पढ्नुहोस् :   शकिरा माथि कर नतिरेको आरोप

फिल्मी फण्डा ।  हलिउडकी पपस्टार शकिरालाई नचिन्ने विश्वमा सायदै कमै होला । उनलाई कर छलिको आरोप लागेको छ । १४.५ मिलियन युरो डलर कर छलिको आरोपमा उनलाई बिहिबार बार्सिलोना स्थित अदालत लगिएको छ ।

उनीमाथि सन् २०११ देखि २०१४ को बीचमा स्पेनमा उनी र उनका सल्लाहकारले कर नतिरेको कारण उनलाई अदालत पुराएको स्पेनी मिडीयाले दाबी गरेको छ । शकिरालाई उक्त आरोप लागेपनि उनले कर तिरेको स्पेनी मिडीयाहरुलाई बताएकी छिन् ।

यो पनि पढ्नुहोस् : “राउडी राठोर”को सिक्वेल बन्दै

फिल्मी फण्डा ।  बलिउड सुपरहिट फिल्म  “राउडी राठोर”को दोस्रो पार्ट निर्माण हुने भएको छ । नायक अक्षय कुमार र नायिका सोनाक्षी सिन्हाको अभिनय रहेको एक्सन ,कमेडी तथा रोमान्टिक जनराको उक्त फिल्मको सिक्वेलका लागि केही समयदेखि निर्माण टिम स्क्रिप्टमा वर्कआउट गरिरहेको भारतीय मिडियाले बताएका छन् । फिल्म राउडी राठोरमा अक्षय कुमारको दोहोरो भूमिका रहेको  थियो । उनको पुलिस अफिसर र ठगको भुमिका रहेको थियो ।

अब सिक्वेलमा पनि उनले दोहोरो भूमिका निभाउन सक्ने सम्भावना रहेको छ भने सिक्वेलमा सोनाक्षीको ठाउँ भने अरुले लिनसक्ने भारतीय मिडियाको अनुमान रहेको छ । सन् २०१२ मा रिलिज भएको उक्त फिल्म प्रभुदेवाले निर्देशन गरेका थिए भने सिक्वेल पनि उनले नै गर्नसक्ने प्रवल सम्भावना रहेको छ । तर, यस विषयमा निर्माण टिमले कुनै औपचारिक जानकारी भने दिएको छैन । फिल्मको छायांकन अर्को वर्षबाट सुरु गर्ने तयारी भइरहेको छ । अहिले नायक अक्षय कुमार रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ को छायांकनमा व्यस्त छन् । फिल्म २०२० को इदमा रिलिज हुँदैछ ।

यो पनि पढ्नुहोस् : कबीर सिंहको “मेरे सोनिया” (गीत)

फिल्मी फण्डा ।  बलिउड फिल्म “कबीर सिंह”को  “मेरे सोनिया”  बोलको गीत सार्वजनिक भएको छ । सचेत टंडन र परंपरा ठाकुरको स्वर रहेको उक्त गीतमा सचेत टंडन र परंपरा ठाकुरको शब्द रहेको छ भने इरशाद कामिलको संगीत रहेको छ । उक्त गीतमा नायक शाहिद कपुर र नायिका कियारा आडवाणीलाई फिर्चड गरिएको छ । गीतको भिडियोमा नायक शाहिद कपुर र नायिका कियारा आडवाणीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

 

फिल्ममा नायक शाहिद कपुर र नायिका कियारा आडवाणीको अभिनय रहेको छ । फिल्मका निर्देशक संदीप वांगाले हुन् । फिल्ममा आरिफ सेख्कको संपादन रहेको छ भने शानथाना कृष्ण रविचन्द्रको छायाँकन रहेको छ । । फिल्म आगामी जून २१ गतेबाट रिलिज हुँदै छ ।

यो पनि पढ्नुहोस् : ‘द एक्स्ट्रा अडिनरी जर्नी अफ फकिर’ को ट्रेलर सार्वजनिक (ट्रेलर)

फिल्मी फण्डा ।  फिल्म ‘द एक्स्ट्रा अडिनरी जर्नी अफ फकिर’ को ट्रेलर सार्वजनिक भएको छ । दक्षिण भारतीय फिल्म स्टार धनुष अभिनित उक्त फिल्म रोमनको ‘पुर्टोलस्’ नामक चर्चित पुस्तकमा आधारित रहेर निर्माण गरिएको छ ।

पेरिस यात्रामा रहेको एक भारतीय जादुगरको वरिपरि घुमेको फिल्मको निर्देशन केन स्कार्टले गरेका हुन् । फिल्ममा धनुषका अलवा बेर्निस बेजो, आयन मोरार्टी, बार्काड अब्दी, बेन मिलर, जेरार्ड जुनौट, अर्मुत सन्त, हार्दिक सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस् : “फाइटर्स”मा ऋतिक र टाइगरको दुश्मनी

फिल्मी फण्डा ।  बलिउडका एक्सन फिल्ममा रुचाइएका चर्चित नायक ऋतिक रोशन र टाइगर श्राफ एकसाथ देखिने भएका छन् । यशराज ब्यानरको फिल्म  “फाइटर्स” मा यी दुई एकसाथ अभिनय गर्ने भएका छन् । सिद्धार्थ आनन्दको निर्देशन रहेको उक्त फिल्ममा नायक ऋतिक रोशन र टाइगर श्राफको साथमा नायिका बाणी कपुर रहेकी छिन् ।

गत सेप्टेम्बरबाट छायांकन सुरु भएको फिल्मको नाम भने सार्वजनिक भएको थिएन तर अब भने फिल्मको नाम सार्वजनिक गरिएको छ । फिल्म विभिन्न ६ वटा देशमा छायाँकन गरिएको छ । फिल्ममा ऋतिक र टाइगरको दुश्मनी देखाइएको छ ।

यो पनि पढ्नुहोस् : बोले चुडियाँबाट मोनी आउट

फिल्मी फण्डा ।  नायिका मोनी रोय फिल्म बोले चुडियाँ मा नवाजउद्दिन सिद्दिकीको जोडीका रूपमा अनुबन्धन गरिएको थियो। फिल्ममा मोनीसँग काम गर्न पाँउदा नवाजउद्दिन निकै उत्साहित थिए । तर मोनीलाई निर्माण टिमले फिल्मबाट निकालेका छन् ।

निर्माण टिमले मोनीले गैर जिम्मेवारपूर्ण व्यवहार गरेकाले फिल्मबाट निकालिएको बताएका छन् । फिल्म युनिटले केहि दिन अगाडी मोनी र नवाजको फस्ट लुक समेत सार्वजनिक गरेका थिए ।

यो पनि पढ्नुहोस् :  डान्स इन्डिया डानसमा’ करिना

फिल्मी फण्डा ।  बलिउड नायिका करिना कपुर खानले एक रियालिटी शोबाट टेलिभिजनमा डेब्यू गर्दैछिन् । उनले चर्चित रियालिटी शो ‘डान्स इन्डिया डानस’को निर्णायकको रुपमा टेलिभिजनमा डेब्यू गर्दै छिन् । उनले, उक्त शोमा निर्णायक भएवापत चर्को पारिश्रमिक लिएकी छिन् । चर्को पारिश्रमिकको साथै उनले उक्त शोका लागि ८ घन्टा भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् ।

करिनाले आफू आफ्नो छोरा तैमुर अली खानका लागि घर जानुपर्ने भएका कारण शोका लागि ८ घन्टा भन्दा बढी समय दिन नसक्ने बताएकी छिन् । उनलाई टेलिभिजनमा देख्न पाउँदा उनका फ्यानहरु खुसी भएका छन् ।

यो पनि पढ्नुहोस् :  “आर्टिकल १५” को ट्रेलर सार्वजनिक (ट्रेलर)

फिल्मी फण्डा ।  बलिउड फिल्म  “आर्टिकल १५”  को ट्रेलर सार्वजनिक भएको छ। उक्त सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई फिर्चड गएिको छ । आर्टिकल १५ को ट्रेलरमा नायक आयुष्मान खुर्रानालाई प्रहरीको भुमिकामा देख्न सकिन्छ । फिल्ममा आयुष्मान खुर्राना , मनोज पवा, कुमुद मिश्रा, मोहम्मम जिशान अयूब, सायनी गुप्ता, इशा तलवार लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्मलाई अनुभव सिन्हाले निर्देशन गरेका हुन्। उक्त फिल्म सन् २०१४ मा बलात्कारपछि भारतको उत्तर प्रदेश राज्यमा मारिएका दुई युवतीको हत्या अनुसन्धानमा आधारित रहेको छ। फिल्म जुन २८ मा रिलिज हुँदैछ।

यो पनि पढ्नुहोस् :  श्री देवी अभिनित “मिस्टर इंडिया”को रिमेक बन्दै

फिल्मी फण्डा ।  १९८७ को सुपरहिट बलिउड फिल्म  “मिस्टर इंडिया” को रिमेक हुने भएको छ । बोनी कपूरले मिस्टर इंडियाको रिमेक हुने जानकारी दिएका छन् । फिल्मको ओरिजिनल भर्जनमा शेखर कपुरको निर्देशन रहेको थियो । ४ करोड भारु लगानी गरेको फिल्म मिस्टर इंडियामा नायिका श्री देवी, अनिल कपुर, अमरीश पुरी लगायतका कलाकारहरुको अभिनय रहेको थियो ।

नायिका श्री देवीको मृत्यु भएको एक वर्षपछी मिस्टर इंडियाको रिमेक  गर्नुका पछाडी धेरै कारण भएको जानकारी बोनी कपुरले दिएका छन् । पहिले फिल्मको रिमेक गरिने र त्यसपछि सिक्वेल निर्माण गरिने निर्माता बोनी कपुरले बताएका छन् ।

Similar articles

Leave a reply

Your email address will not be published. Required fields are marked *

Contact Us

  • Balami Film Entertainment Pvt. Ltd.
  • Address: Balaju-16, Kathmandu
  • Phone:01-4420813
  • Email: filmyfandatv@gmail.com

Our Team

  • Managing Director: Kabita Balami
  • Editor-In-Chief: Sameer Balami
  • Editor: Maheshwor Tamang
  • Sub Editor: Shyam Sundar Pudasaini
  • Photo/Video: Sanchu Thokar Lama
  • Website/Graphic: Ram Panta

Follow Us on Twitter

Like Us on Facebook

Subscribe Filmy Fanda TV

Follow Us on Google+