साम्राज्ञीको चाहना ग्ल्यामर लुक्स की भल्गर रुप ?

फिल्मी फण्डा । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह फुर्सदमा बिकिनीमा खुबै रमाउँछिन् । फुर्सदमा उनी कहिले प्रेमीसंग त कहिले परिवारसंग समय बिताउने गर्छिन् । हाल उनी फिल्म ‘रातो टिका निधारमा’ को छायांकन सकेर उनी इन्डोनेसिया पुगेकी छिन् । समुन्द्री किनारमा उनी बिकिनीमा प्रेमीको साथमा मस्ती गरिरहेकी छिन् । उनले आफ्ना प्रेमीसंग ओठमा चुम्बन गरेको देखी छातीमा चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
केही समय अगाडी उनको ट्याटु खोप्ने क्रममा खिचिएको आधा छाती देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । हाल उनको त्यस्तै तस्बिर पुनः सार्वजनिक गरेकी छिन् । यस अघिको ट्याटु खोप्ने क्रममा खिचिएको आधा छाती देखिएको तस्बिर कसैले भुलवस सार्वजनिक गरेका थिए भन्ने अहिले साम्राज्ञीले प्रेमीसंग ओठमा चुम्बन गरेको देखी छातीमा चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा आँफैले सार्वजनिक गरेकी छिन् । साम्राज्ञीलाई ग्ल्यामर लुक्स देखाउने चाहना हो कि भल्गर रुप देखाउन चाहेकी ? त्यो पनि उनैलाई थाहा होला ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस