• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

वर्ल्ड नेपाली म्युजीक अवार्डका उत्कृष्ट १० लाई प्रमाणपत्र

  • 2019-10-01 
  • प्रकाशित

    फिल्मी फण्डा ।  आउँदो नोभेम्बर २३ मा अमेरिकाको न्यूओर्कमा पहिलो पटक आयोजना हुन लागेको ‘वर्ल्ड नेपाली म्युजीक अवार्ड २०१९’को उत्कृष्ट दश सार्वजनिक गरिएको छ । जम्मा १८ बिधा रहेको यस अवार्डको आइतबार राजधानीको होटल अन्नपूर्णमा एक कार्यक्रमका बिच नोमिनेशनमा परेका सम्पूर्ण कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध गायक प्रेम ध्वज प्रधानले उत्कृष्ट दशमा पर्न सफल कलाकारहरुलाई बधाई तथा शुभकामना दिए । कार्यक्रममा संगीत बिधासँग सम्बन्धित बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    उत्कृष्ट दशमा परेका कलाकारहरु अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागी छनोट हुनेछन् । जसका लागी निर्णायक र भोटिङको आधारमा छनोट गरिनेछ । आयोजक वल्र्ड कनेक्सन युएस इन्कका उपाध्यक्ष दावा शेर्पाका अनुसार सेप्टेम्बर २९ गते देखी विश्वभरबाट भोटिङ गरी उत्कृष्ट १० मा परेका कलाकारहरुलाई निर्णायकको तर्फबाट ३० प्रतिशत, एसएमएस भोटिङबाट ४० प्रतिशत, सोसियल मिडियाबाट २० प्रतिशत र अनलाइन भोटिङबाट १० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् । उत्कृष्ट तीनमा पर्न सफल कलाकारहरु मात्र फाइनल अवार्ड समारोहमा सहभागी हुन युएसको भिषा प्रक्रियामा लगिने छ ।

    फेदर क्रिएशन प्रा.ली.को सहकार्यमा सम्पन्न हुने उक्त अवार्डका लागी गएको २१ जुन २१ देखि ३० अगष्ट सम्म संसार भरीबाट ७ सय ८२ फर्म दर्ता हुन आएका थिए । तीनफर्मको आधारमा आठ निर्णायक समितिले उत्कृष्ट दश छनोट गरेको हो । अवार्डमा उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिलातर्फ, भाषा भाषी फिल्मको गीतः पुरुष र महिला तर्फ, उत्कृष्ट आधुनिक गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक दोहोरी गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीतः पुरुष र महिला, उत्कृष्ट गीतकार, उत्कृष्ट संगीतकार, उत्कृष्ट म्यूजीक भिडियो निर्देशक, उत्कृष्ट संगीत संयोजन, उत्कृष्ट लोपन्मुख गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट पप गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीत लय संकलक, उत्कृष्ट म्युजीक भिडियो मोडलः पुरुष र महिलातर्फका उत्कृष्ट दशलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    कार्तिक ३० गते फिल्मकर्मीहरु दौडिने
    मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ सम्पन्न
    कार्यक्रम ‘सप्तरङ्ग’ कार्तिक २० बाट सुरु
    किड्स अफ दि इयर बने चिराग, संस्कृति र सानवी
    ‘द भ्वाइस अफ नेपाल’मा नकआउट राउण्ड सुरु
    ‘नेपाली चलचित्र स्वोर्णिम महोत्सव २०७६’ आयोजना हुँदै

    Recent Posts

    • दर्शक निराश बनाउँदै रजतपट, कहाँ चुक्यो नेपाली फिल्म ?
    • सौगात र श्रृष्टिलाई सँगसँगैले देला राहत ?
    • नायिका वर्षा शिवाकोटीलाई फोटोमा हेर्नुहोस् (फोटो फिचर)
    • ‘प्रेमगीत ३’ मा अनुभव र योगीशाको यस्तो अवतार
    • माया पिरिमको ‘तिमीलाई पाउँदा’ (गीत)
    • भिटेनको ‘थाहा छैन’ (गीत)
    • पुष्प र रेश्मा फिर्चड ‘गाइदिन्छु गीत’ (गीत)
    • दीपशिखा र कृष्ण फिचर्ड ‘बाजा बाजा’ (गीत)
    • फ्राइडे रिलिजः हलमा ‘माछा माछा’ र ‘माया पिरिम’
    • अमेरिका मोहले उतै हराइन् निशा

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    प्रमूख संवाददाता: श्याम सुन्दर पुडासैनी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    मार्केटिङ प्रमूख : कृष्ण परियार

    ग्राफिक्स : राम पन्त

    वेब डिजाईन : सुत्र टेक्नोलोजी


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    © Balami Film Entertainment Pvt. Ltd    |  All rights reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073  Website By :  nTech.