प्रियंकाको ब्याचलर पार्टी थाइल्याण्डमा

फिल्मी फण्डा । नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेर गत असारमा विहे गर्ने तयारी गरेकी थिइन् । त्यो असार बितेर अर्को असार आउन लाग्दा समेत उनले विहेको सुरसार गरेकी थिइनन् ।
गत असारमा आयुष्मान र आफू दुवै जना काममा व्यस्त भएकाले त्यतिञ्जेलसम्ममा काम सक्ने र घरजम गर्ने बताएकी थिइन् । ऋचा शर्माको रिसेप्सनमा उनका आफन्तको समय नमिल्ने भएकोले यो वर्ष विवाह नगर्ने बताएकी थिइन् ।
तामझामकासाथ इन्गेजमेन्ट गर्ने, विहेको घोषणा गर्ने तर विहे नहुँदा आयुष्मान र प्रियंकाबीच खटपट भएको गसिप पनि चलेको थियो । हालै प्रियंकाले आफ्ना साथीहरुलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिने भएकी छिन् । प्रियंकाले सामाजिक सञ्जालमार्फत यो कुराको खुलासा गरेकी हुन् । ‘कसले बिहे गर्दैछ ?’ भनेर फ्यानलाई सोधेकी छिन् ।
स्रोतका अनुसार प्रियंका र आयुष्मानले सन् २०२० मै बिहे गर्दैछन् । ‘हेल्लो जिन्दगी’ पछि प्रियंकाले अरू फिल्ममा काम गरेकी छैनन् । यो फिल्मको छायांकन सकिएको ६ महिना बितिसकेको छ । केही वर्ष अघिसम्म दिनरात फिल्मको छायांकनमा व्यस्त हुने प्रियंका यतिबेला एकातिर म्यूजिक भिडियोमा व्यस्त छिन् भने अर्कोतिर ‘भिजिट नेपाल २०२०’ को क्यालेण्डर निर्माणमा व्यस्त छिन् ।
यो पनि पढ्नुहोस् : निफको तेश्रो संस्करण आयोजना हुदै, ४० देशका ८० फिल्म देखाईने
फिल्मी फण्डा । नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा हुँदै आइरहेको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलको तेस्रो संस्करण आउँदो फागुन १ देखि ५ सम्म हुने भएको । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फेस्टिभलको बारेमा जानकारी गराइयो ।
शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, वरिष्ठ फिल्मकर्मी नीर शाह, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, माननीय सांसद तथा गायिका कोमल ओली, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा सहित फिल्मकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नीर शाहले निफले नेपालको प्रवर्धनमा समेत मदत गरेको बताए ।
तेस्रो शृंखलामा प्रमुख सल्लाहकार रहनु भएका शाह दोस्रो शृंखलामा निर्णायक समितिको संयोजक बनि सकेका छन् । उहाँले विदेशी जुरीले नेपाली फिल्म मार्फत नेपाललाई चिन्न र बुझ्न पाएको प्रसंग सुनाउदै यस किसिमका फेस्टिभलले नेपाली फिल्म मात्र नभई भूगोललाई पनि बुझाउन मदत गरेकोमा जोड दिए ।
यसैगरी राज्य मन्त्री मानन्धरले आफु नेपाली फिल्मसंग जोडिएकोले सहयोग गर्न सदैव तत्पर रहेको बताएका छन् । उहाँले नेपाली फिल्म मार्फत राष्ट्रियतालाई पनि विषयवस्तु बनाउदै दर्शकसम्म लान पनि सुझाव दिएका छन् । यसैगरी फेस्टिभलका अध्यक्ष केपी पाठकले आफुहरुले नेपाली फिल्मसंगै विदेशी फिल्मकर्मीलाई एक साथ् ल्याउने बताए ।
उनले यसपटक नेपाली फिल्मकर्मीका लागि डिजिटल मार्केटको सम्भाव्यतालाई मनन गर्दै नेटफ्लिक्स प्रतिनिधि समेत आउने जानकारी दिए । बलिउडका प्रख्यात लेखक तथा निर्देशक प्रकाश झा यसै फेस्टिभलमा सहभागी हुन नेपाल आउने भएका छन् ।
बलिउडमा प्याट्रोटिक फिल्म बनाउने निर्देशकमा पर्ने झाले वृतचित्र , छोटा फिल्म पनि निर्माण तथा निर्देशन गरेका छन् । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नारा सहित आयोजना हुने फेस्टिभलमा कथानक फिल्मको निर्णायक मण्डलको नेतृत्व झाले गर्नेछन् । फेस्टिभलमा ४० देशका ८० फिल्म देखाइनेछ । दर्ता आह्वान गरिएकोमा ५५ देशको ६०० फिल्मले आवेदन दिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस