• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

नाम जोडियो पलसँग बिहे डाक्टरसँग, फाल्गनु २९ मा आँचलको बिहे

  • 2020-02-13 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । चर्चाकी नायिका हुन् आँचल शर्मा । निकै लामो समयदेखि नायक पल शाहसँग उनको नाम जोडेर प्रेम सम्बन्धका कुरा बाहिर आए । दुबै जनाले मिल्ने साथी मात्र भएको दावी गरिरहे । कतिपय मिडियाले प्रेम सम्बन्धमा रहेको ठोकुवा गरेपनि दुबैले मायामा नभएको र राम्रो सम्बन्धको साथी मात्र रहेको बताउँदै आएका थिए ।

    अन्तत यो कुरालाई नायिका आँचल शर्माले पुष्टि गरिदिएकी छिन् । उनले आउँदो फाल्गुन २९ मा डा. उदिप श्रेष्ठसँग बिहे गर्ने मिति तय गर्दै पलसँग प्रेम नभएको पुष्टि गरेकी हुन् । पलको तर्फबाट प्रेम थियो या थिएन त्यो यी दुबैलाई थाहा होला अझ पल लाई नै थाहा होला ।

    बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा आँचलको बिबाहको रमझम हुने पारिवारीक स्रोतले बताईएको छ । यस्तै बिबाहको दोश्रो दिन फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको पनि बताईएको छ ।

    फिल्म नाई नभन्नु ल ४ मा पल शाहसँगै अभिनयमा डेब्यु गरेकी आँचलले दर्जन बढि फिल्ममा अभिनय गरिसकेकी छिन् । सयौंको हाराहारीमा उनले भिडियोमा कम गरेकी छिन् । फिल्मबाट जति चर्चामा आए उनी त्यति पल शाहसँग नाम जोडिएकै कारण आएकी थिईन् ।

    हालै ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ फिल्म सकाएकी आँचल अहिले ईन्गेजमेन्ट पछि बिहेको तयारीमा जुटेकी छिन् । उनले अहिले कुनै फिल्म वा भिडियोमा काम गरेकी छैनन् । बिहे पछाडी वातावरण अनुकुल बनाएर फिल्ममा फर्कने उनको सोच छ । बिहे पछाडी पल शाहसँगै उनलाई देख्न सकिएला की नसकिएला भन्ने दर्शकमा कौतुहलता बढेको छ ।

    यो पनि पढ्नुहोस् : दिलिपसँग प्रियंका हाँस्न थालेपछि (गीत)

    फिल्मी फण्डा । किरण केसी समूहले हाँस्य कलाकार शिवहरी पौडेलसँग मिलेर निर्माण गरिएको फिल्म लक्का जवानको दोश्रो गीत सार्वजनिक गरिएको छ । एक पछि अर्को हाँस्य कलाकारहरुको समूह विभाजन भईरहेको अवस्था र सबै क्रमश फिल्म निर्माणमा जुटिरहँदा यी समूहले भने फिल्म ‘लक्का जवान’ निर्माण गरेका हुन् ।

    ‘लक्का जवान’नलाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । फिल्मको पहिलो गीत यस अघि नै सार्वजनिक भईसकेको छ । ‘लक्का जवान’ को दोस्रो गीत ‘मुसुक्कै हाँसन’ माया बुधवार सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा जुना रिजाल काफ्ले र बाबुल स्वयंको गायन छ ।

    कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका कलाकारहरु दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी प्रस्तुत छन् । गीतमा दिलिप रायमाझिसँग प्रियंका कार्की र सलोन बस्नेतसँग बर्षा शिवाकोटी मुसुक्कै हाँसिरहेको देख्न सकिन्छ ।

    फिल्ममा कमेडी जनराको फिल्ममा कमेडी कलाकारसँगै अन्य कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

    ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको फिल्मको कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् । ‘लक्का जवान’ को सह–निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् ।

    ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको फिल्मले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । चलचित्रमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो । फिल्म चैत्र २१ गतेबाट नेपालभर रिलिज हुनेछ ।

    गीत :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073